डेनमार्कबाट खुम्बु भ्रमणमा आएका पर्यटकको लडेर मृत्यु


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
उनीसहित ११ जनाको समूहमा आरोही पुटलोज इन द हिमालयन प्रालिमार्फत खुम्बु आएका थिए ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com