विश्वकै सबैभन्दा कम उचाइमा रहेको हिमताल,कफुचे ताल


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

कास्की, ३० कात्तिक (रासस) ःकास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र अवस्थित कफुचे हिमतालको प्रवद्र्धन शुरु गरेको छ ।

समुन्द्री सतहबाट दुई हजार ४५० मिटर उचाइमा मादी–१ मा अवस्थित कफुचेलाई विश्वकै सबैभन्दा कम उचाइमा रहेको हिमताल भएको दाबी गरिएको छ । रमणीय सो हिमतालको प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यअनुसार गाउँपालिकाले योजना अघि सारेको हो ।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आउने हिमपहिरो पग्लिएर ताल बनेको बताइन्छ । एक हजार २०० वर्गमिटरमा फैलिएको तालको नीलो कञ्चन पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि लोभ्याउने गरेपछि पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ पग्लनु र ‘चे’समथर ताल भएकाले हिउँ पग्लेर बनेको ताललाई ‘कफुचे’ भन्ने गरिएको छ । डेढ दशकअघि सम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिने भए पनि जलवायु परिर्वतका कारणले हिउँ पग्लेर ताल बनेको स्थानीयवासी बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्न सक्ने हिमतालसम्म पुग्नका लागि बाटो लगायतका पूर्वाधार निर्माण गरिने बताउँदै गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले भन्नुभयो, “हामीले पर्यटनलाई पालिकाको समृद्धिको प्रमुख आधार मानेका छौँ । सोही अनुसार विश्वकै कम उचाइमा अवस्थित हिमतालको प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउँछौँ ।”

गाउँपालिकाले यसै वर्ष सिक्लेसदेखि हिमतालसम्मको बाटो मर्मतका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने भएको छ । पर्यटकहरु सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि पहिलो सडक पूर्वाधार अपरिहार्य रहेकाले तालसम्म नै सहज पैदलमार्ग निर्माण गर्ने योजना गाउँपालिकाको छ । पोखराबाट ५१ किमी दूरीमा अवस्थित कफुचे हिमताल पर्यटकीय गाउँ सिक्लेसबाट पाँच घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ ।

तालको प्रवद्र्धनका लागि हालै पहिलो पटक गाउँ कार्यपालिकाको ३९औँ बैठक आह्वान गरेर सबैको ध्यानाकर्षण गरिएको प्रमुख गुरुङको भनाइ थियो ।

गाउँपालिकाले हिमताललाई जिल्लाकै एकमात्र हिमताल रहेको र होचो स्थानमा समेत रहेकाले रामसार सूचीमा सूचीकृतका लागि पहल गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको छ । कफुचे लगायतका प्राकृतिक सम्पदाको व्यवस्थित विकासका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष डिपिआर तयारका लागि रु २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रवक्ता लालबहादुर गुरुङले बताउनुभयो । उहाँले डिपिआर अन्तिम चरणमा रहेकाले सम्पन्न भएपछि सङ्घ र प्रदेश सरकारको सहयोगमा हिमतालको एकीकृत विकासका कार्यक्रम अघि बढाइने स्पष्ट पार्नुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com