कन्सल्टेन्सीका नाममा मानव तस्करी ! अवार्ड कार्यक्रम विवादमा, महजोडी र सशस्त्र आईजीपी जालान् ?


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

भिसा कन्सल्टेन्सीका नाममा अनधिकृतरुपमा जापानमा मानिस पठाउने गरेको सूर्य कर्पोरेशनले नेपालबाट भिजिट भिसामा मानिस लैजाने र जापानमा शरणार्थी बनाउने गरेको खुलासा भएको छ । कर्पोरेसनले जापान लगेका व्यक्तिलाई शरणार्थी आवेदन दिन लगाउने र तोचिगी प्रिफेक्चरमा कृषि क्षेत्रमा काम लगाइदिने गरेको छ ।

नेपालमा २०७३ साल फागुनमा दर्ता भएको सूर्य कर्पोरेशनले जापानमा पनि यहीँ नामबाट कम्पनी सञ्चालन गरेर अवैध काम गरिरहेको  छ । जापानमा यसका सञ्चालक शम्भुका आफ्नै दाई बासुदेव लामिछानेले समन्वय गर्छन् । जापानबाट अवैधरुपमा अमेरिका पठाउने काममा पनि कर्पोरेशन क्रियासिल रहेको आरोप लागेको छ । यो कर्पोरेशनको न्युयोर्कमा समेत शाखा रहेको वेवसाइटमा जनाइएको छ । तर उल्लेखित नम्बरमा सम्पर्क गर्न खोज्दा फोन उठेन ।

तीन महिनाअघि जापान पुगेका एक नेपालीले आफूले १२ लाखभन्दा धेरै रकम तिरेर जापान आएपनि शरणार्थी बन्नु परेको बताएका छन् । राई थरका ती व्यक्ति अगष्ट २ तारेखमा जापान पुगेका थिए । उनी अगष्ट ८ मा नेपाल फर्किनु पर्नेमा लामिछानेले नै शरणार्थी आवेदन दिन लगाए । जापानमा ‘म मेरो देशमा जान सक्दिन, मलाई मेरो देशमा असुरक्षा छ’ भनेर शरणार्थीको आवेदन दिएपछि उनी अहिले जापानमै काम गरेर बसिरहेका छन् ।

चितवनका खतिवडा थरका अर्का एक व्यक्तिले पनि लामिछानेलाई मोटो रकम बुझाएर जापानमा शरणार्थी बनेर वैधानिक हुने प्रकृया थालेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खतिवडा थरका ती व्यक्तिले आफूलाई नेपालमा असुरक्षा भएको बताएर शरणार्थीको रुपमा आवेदन दिएका थिए । नेपालमा पुतलीसडकमा रहेको कार्यालय र जापानमा पनि यहीँ नामको कम्पनीले अवैध तरिकाले काम गरिरहेको छ ।

उदयपुरका राई थरका ती व्यक्तिले भिजिट भिसाका लागि शम्भु लामिछानेलाई पटक पटक गरेर १० लाखभन्दा धेरै रकम बुझाएका छन् । राई थरका ती व्यक्तिले १० लाखभन्दा धेरै रकम बैंक मार्फत र बाँकी नगद तिरेका थिए ।

अनधिकृतरुपमा जापान मानिस पठाउने र लाखौँ रुपैयाँ असुल्ने सूर्य कर्पोरेशनका सञ्चालक लामिछानेले  संवाददातालाई ग्राहक बनेर फोन गर्दा जापान पठाउन सकिने उत्तर दिए ।

जापान पठाउनका लागि १२ लाख ५० हजार रुपैयाँ लाग्ने बताउँदै उनले जापानमा पनि इच्छाअनुसारको भिसा मिलाइदिने आश्वासन दिएका छन् ।

लामिछानेले  संवाददातालाई जापानमा रहेका साथीसँग सल्लाह गरेर शरणार्थी वा अन्य वर्किङ प्रकृया के गर्ने भन्ने निर्णयमा पुग्न सुझाव दिएका छन् ।

नेपालमा सूर्य कर्पोरेसनका सञ्चालक लामिछानेले जापानमा हुने विभिन्न कार्यक्रमका साथै अन्य समयमा पनि अनधिकृतरुपमा मानिस पठाउने गरेको तथ्य नागरिकखबरले सार्वजनिक गरेपछि पीडितहरु सम्पर्कमा आउन थालेका छन् ।

केही समयअघि खोटाङका राई थरका एक युवा हानेदा विमानस्थलबाटै अध्यागमनले फिर्ता गरेको नेपालस्थित अध्यागमन स्रोतले जानकारी दिएको छ ।

आफ्नो गाउँका तीन जना साथीहरु कर्पोरेसन मार्फत जापान गएपछि उनी पनि जापानका लागि लाखौँ रुपैयाँ लामिछानेलाई बुझाएर हानेदा विमानस्थलसम्म पुगेका थिए । तर त्यहाँको अध्यागमनले उनलाई फिर्ता पठायो ।

सूर्य कर्पोरेसनका सञ्चालक लामिछानेले आफूले जापानको भिसामा सहयोग गरेपनि कसैलाई पनि गैरकानुनी रुपमा जापान नपठाएको दावी गरेका छन् । कलाकार बाहेकका अन्य मान्छे नलगेको उनको भनाइ छ ।

यसैबीच सूर्य कर्पोरेशनले आगामी नोभेम्बर २३ देखि जापानमा गर्न लागेको सूर्य इन्टरनेशनल अवार्ड कार्यक्रम पनि विवादमा परेको छ । उक्त कार्यक्रममा महजोडी र सशस्त्र प्रहरीका आईजीपी समेत जाने बताइएपनि अहिले भने उनीहरु जाने नजाने विषयमा अन्यौलमा रहेका छन् । कार्यक्रममा अन्य कलाकारहरु पनि सहभागी हुने भन्दै पोष्टरमा उल्लेख गरिएको छ । त्यस्तै पोष्टरमा कार्यक्रम समन्वयकमा विभिन्न मन्त्रालय, चलचित्र विकाश बोर्ड र पर्यटन बोर्डको लोगो समेत राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com