भारतीय दुतावासमाथि आक्रमण गर्ने परिस्थिति नबनोस् : प्रकाण्ड


प्रकाशित मिति : फाल्गुन २७, २०७३ शुक्रबार

कञ्चनपुरको आनन्द बजार पुनर्वास क्षेत्रमा मच्चाएको हत्या आतंकको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसक्रममा फागुन २८ गते शनिवार नेपाल बन्दको घोषणा गरेको छ ।

शुक्रबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर पार्टीका प्रवक्ता प्रकाण्डले भारतीय सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरे र एक्कासी गोली हानेर नेपाली नागरिक गोविन्द गौतमको निर्ममतापूर्वक हत्या गरिएको उल्लेख गर्दै हत्यामा सम्लग्न भारतीय एसएसवी र नेपाल प्रहरीका अधिकारीहरुलाई कडा काम गर्न माग गरे ।

उनले  यदि हत्यामा सम्लग्नहरुलाई कारवाही नगरिएमा त्यसका विरुद्ध पार्टीले कडा आन्दोलनमा उत्रने चेतावनी दिए । नेपालमाथि भारतले विभिन्न रुपमा हस्तक्षेप गर्दै आएको सन्दर्भ उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले हस्तक्षेप नरोकेमा लाजिम्पाटमा रहेको भारतीय दुतावास रहन नसक्ने अवस्था आउने बताए ।

पार्टीले कञ्चनपुर घटनाका विरुद्धमा शुक्रबार दिउसो १ बजे देशभर विरोध प्रदर्शन समेत गरेको छ ।  नेपालमाथि भारतको हस्तक्षेपको श्रृङ्खला हत्याको स्तरसम्म पुग्दा पनि नेपाल सरकारले कुनै पहल नचालेको भन्दै प्रवक्ता प्रकाण्डले आक्रोश व्यक्त गरे । नेपाली भूमीमा भारतीय एसएसवी हतियार लिएर घुम्ने, नेपाली वस्तीमा दिनदहाडै आक्रमण गर्ने, घरहरु भत्काउने, नेपालीहरुमाथि लुटपाट मच्चाउने जस्ता अत्यन्तै आपत्तीजनक गतिविधिप्रति नेपाल सरकार चुपचाप भएको भन्दै उनले सरकारको धारणा माग गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी प्रवक्ता प्रकाण्डले सरकारले घोषणा गरेको स्थानीय निर्वाचन हुन नसक्ने बताए । निर्वाचन घोषणा लगत्तै सप्तरीमा भएको घटना र कञ्चनपुर घटनाले निर्वाचनले निम्त्याउने परिणामको संकेत गरेको उनले बताए ।

निर्वाचनले देशमा अस्थिरता, आतङ्क र ठूलो द्वन्द्व निम्त्याउने उनले बताए । राष्ट्रलाई निकास दिनेभन्दा रगतको खोलो बगाउने निर्वाचन जवरजस्त नलाद्न संसदवादी राजनीतिक दल र सरकारलाई आग्रह गर्दै निर्वाचनलाई रोक्न माग गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com