पोर्चुगलमा बहुसांस्कृतिक प्रदर्शनीमा नेपाली संस्कृति र नेपाल भ्रमण वर्षको प्रचारप्रसार


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने कार्य भइरहेको छ । नेपाली महिला समाज पोर्चुगलको अगुवाइमा राजधानी लिस्बनको मुटु मानिएको आरोइस जुन्ता फमेसियाले इन्तिदेन्तको लिडिल हलमा विभिन्न देशका बहुसांस्कृतिक प्रदर्शनीमा नेपाली संस्कृति र नेपाल भ्रमण वर्षको प्रचारप्रसार र प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा नेपाली बालबच्चाहरु नेपालको संस्कृति र पर्यटन झल्कने नृत्य प्रस्तुत गरेका थिए भने नेपाली महिलाले आ–आफ्नो वेशभूषामा मादल बजाएर लोकसंस्कृति झल्काउने खालको प्रस्तुति गरेका थिए । “नेपाली महिलाहरुका तर्फबाट हामी स्थानीय पोर्चुगिस समुदायसँग घुलमिल हुँदै हाम्रो देशको संस्कृति चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने प्रयास गरिरहेका छौँ”, महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल खरालले भन्नुभयो ।

बहुसंस्कृतिको प्रवद्र्धन गर्ने र एकापसमा अनुभव र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले प्रचारात्मक कार्यक्रमहरु आयोजना गरिएको बताइएको छ । पोर्चुगललगायत २६ देशका नागरिकले सहभागिता जनाएको कार्यक्रममा आ–आफ्नो देशको कला, संस्कृति, वेशभुषा, रहनसहनका बारेमा प्रचारप्रसार गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com