डेमोक्रेटिक प्राइमरीका ५४ प्रतिशत मतदाताले भने – ‘हामी ब्लुमबर्गलाई भोट हाल्दैनौं’


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

न्यु ह्याम्पशायरका डेमोक्रेटिक प्राइमरीका अधिकांश मतदाताहरुले अर्बपति ब्यापारी माइकल ब्लुमबर्गलाई समर्थन नगर्ने बताएका छन् । एउटा विश्वविद्यालयले गरेको सर्वेक्षणमा ५४ प्रतिशत डेमोक्रेटिक प्राइमरीका मतदाताले ब्लुमबर्गलाई समर्थन नगर्ने बताएका छन् ।

२ प्रतिशतले भने ब्लुमबर्गलाई समर्थन गर्ने बताएका छन् । जबकी ३७ प्रतिशतले यदि ब्लुमबर्गले औपचारिक रुपमा घोषणा गरेर मैदानमा आएमा समर्थन गर्ने बताएका छन् ।

त्यसमध्ये रजिस्ट्रर्ड डेमोक्र्याटहरुमध्ये ५८ प्रतिशतले ब्लुमबर्गलाई मतदान नगर्ने बताएका छन् भने २ प्रतिशतले मतदान गर्ने बताएका छन् । ३७ प्रतिशतले ब्लुमर्गलाई स्वीकार्न सकिने बताएका छन् ।

त्यस्तै डेमोक्रेटिक पार्टीमा झुकाव राख्नेहरुमध्ये आधाले ब्लुमबर्गलाई मतदान नगर्ने बताएका छन् । ३ प्रतिशतले ब्लुमबर्गलाई नै मतदान गर्ने बताएका छन् भने ३७ प्रतिशतले ब्लुमबर्गलाई स्वीकार्न सकिने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

६३६ जना डेमोक्रेटिक प्राइमरीका मतदाताहरुमाझ सर्वेक्षण गरिएको थियो । ब्लुमबर्गलाई न्यु ह्याम्पशायर प्राइमरीमा निकै कमकोमात्र समर्थन हुने अनुमान सर्वेक्षणहरुले गरेका छन् ।

ब्लुमबर्गले औपचारिक रुपमा अहिलेसम्म उम्मेदवारीको घोषणा गरेका छैनन् । तर अलाबामाको डेमोक्रेटिक पार्टीको प्राइमरीका लागि उनले आफ्नो नाम मतपत्रमा समावेश गराउन निवेदन दिएका छन् ।

 

न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईका साथमा अर्बपति ब्यापारी माइकल ब्लुमबर्ग ।

 

आगामी मार्च ३ मा अलाबामामा डेमोक्रेटिक प्राइमरी हुँदैछ । तर ब्लुमबर्गले सुरुका ४ प्राइमरी प्रतिस्पर्धाहरुमा सहभागी नहुने जनाइएको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट झण्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन् । ७७ वर्षीय ब्लूमबर्गले गत मार्चमा आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका थिए तर अन्ततः चुनावी दौडमा उत्रने भएका छन् ।

डेमोक्रेटिक पार्टीबाट मनोनयन भएमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लूमबर्गको भिडन्त अर्का अमेरिकी अर्बपति व्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।अमेरिकी धनाढ्य ब्लूमबर्गको चुनावी दौडले हालसम्म डेमोक्रेटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका जो बाइडेनमाथि मुख्य चुनौती खडा गर्नेछ ।

अमेरिकी वित्तीय राजधानी वालस्ट्रिट निकट मानिएका ब्लूमबर्गले राष्ट्रपतिको दौडमा रहका अर्का प्रभावशाली उम्मेदवारहरु एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई बामपन्थी झुकाव राख्ने भन्दै आलोचना पनि गर्ने गरेका छन् ।

ब्लूमबर्गको विचारमा जो बाइडेन कमजोर छन् र स्यान्डर्स एवं वारेनले चुनाव जित्दैनन् । त्यसैले उनले आफू ट्रम्पसँग लड्नका लागि चुनावी मैदानमा आउने बताएका छन् । तर औपचारिक घोषणा भने भइसकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com