‘सिमानामा सुरक्षा बढाउनुपर्ने’


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ ।

नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठान विभागले आज यहाँ आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा विषयक’ बहस कार्यक्रममा उहाँले सीमा सुरक्षामा कमजोरीको फाइदा उठाउँदै भारतले नेपालको भूमि अतिक्रमण गरेको बताउनुभयो ।

“नेपालका तर्फबाट राम्रोसँग सीमा सुरक्षा हुनसकेको छैन”, उहाँले भन्नुभयो, “जसले गर्दा अहिले भारतले नेपालको भूमि अतिक्रमण गरेको हो, हामीले भारतको सीमामा आफ्नो सुरक्षालाई दरो बनाएर जानुपर्दछ ।” उहाँले सरकारले सीमा सुरक्षा पनि वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय प्रशासनले भारतीय सीमाबारे केन्द्र सरकारलाई बुझाएको प्रतिवेदनको सुनवाइ नहुँदा नेपालको सिमाना मिचिँदै आएको धारणा राख्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले लिम्पियाधुराबाट निस्केको काली नदी नै भारतसँगको सीमा भएकामा दुईमत नरहेको उल्लेख गर्दै नेपालको वास्तविकता पश्चिम र दक्षिणको सीमा कहाँसम्म हो भनेर तथ्यगत ढङ्गबाट निक्र्यौल निकाल्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको राष्ट्रियतामा सबै राजनीतिक दल एक भएकाले कूटनीतिक तरिकाले समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । “सर्वदलीय बैठकमा एकमत लिम्पियाधुराबाट निस्केको काली नदी नै नेपाल र भारतको सीमा हो, भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमि अतिक्रमण गरिएको भन्नेमा सबै दल एकमत भएका छन्”, उहाँले भन्नुभयो, “यस मामिलामा सिङ्गो राष्ट्र एकताबद्ध हुनुपर्दछ ।”

उहाँले परराष्ट्र मन्त्रालय र नापी विभागका कर्मचारीको कमजोरीका कारण सिमामा विवाद हुँदै आएको बताउनुभयो । “नापीका कर्मचारीले सीमाका बारेमा राम्रोसँग अध्ययन गरेका छैनन्”, उहाँले भन्नुभयो, “भारतसँग सीमा निक्र्यौल गर्न जान्छन् तर दरोसँग प्रस्तुत हुदैनन् ।”

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले सुगौली सन्धि अनुसार नेपालको सीमा हुनुपर्ने बताउनुभयो । “ऐतिहासिक तथ्यअनुसार हाम्रो देशको सीमा कायम हुनुपर्दछ”, उहाँले भन्नुभयो, “हामीले सीमाको सन्धि भारतसँग नभई ब्रिटिश सरकारले सन् १८१६ मा गरेको सुगौली सन्धि अनुसार हाम्रो सीमा हुनुपर्ने माग राख्नुपर्दछ ।” उहाँले सीमा अतिक्रमण गरिएका सम्बन्धमा सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहबाट सङ्कल्प प्रस्ताव पारित गरेर जानुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले मिचिएको भूमि नेपालको हो भन्नेमा राजनीति तहमा कुनै मतान्तर, विवाद नभएको उल्लेख गर्दै उच्च कूटनीतिक र राजनीतिक तवरबाट मिचिएको भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिनुभयो । नेकपा (क्रान्तिकारी–माओवादी)का नेता सिपी गजुरेलले अतिक्रमण गरिएको भूमि फिर्ता गर्न कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाजवादी पार्टी नेपालका नेता नवराज सुवेदीले सचिवस्तरबाट नभई उच्च राजनीतिक तवरबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठक र राष्ट्रिय जनमोर्चाका नेता जनकराज शर्माले भारतले मिचेका भूमि सबै फिर्ता गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com