९३ अमेरिकी युवतीलाई उछिन्दै सुजिता भइन् मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अप


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

पहिलो मिस नेपाल अमेरिका सुजिता बस्नेतले अमेरिकी प्रतियोगिता मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको ताज पहिरिन सफल भएकी छिन् । मिस मेरिल्याण्ड युएसए सन् १९५२ देखि हरेक बर्ष आयोजना हुँदै आएको छ ।

यही प्रतियोगिताकी विजेता नाना मेरिवेदर सन् २०१२ मा मिस युएसए भएकी थिइन् । ओलिभिया कल्पोले सुरुमा मिस युएसए जीतेपनि पछि मिस युनिभर्सको टाइटल जितेपछि फस्ट रनर अप मेरिवेदरलाई मिस युएसए घोषणा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिस युएसएका लागि प्रतिस्पर्धी छनौट गर्नका लागि मिस मेरिल्याण्ड युएसएको आयोजना गरिदै आएको छ । जसमा यसपटक सुताजा र अरु ९५ जना अमेरिकन युवतीहरुले प्रतिस्पर्धा गरेका थिए । सबैलाई पछि पारेर सुजिताले पिपुल च्वाइस अवार्ड समेत जितेकी छिन् ।

सुजिताले सन् २०११ मा पहिलो मिस नेपाल युएससए जितेकी थिइन् । पहिलो मिस नेपाल युएसएले मिस मेरिल्याण्ड युएससएमा सेकण्ड रनर अप र पब्लिक च्वाइस अवार्ड जित्न सफल भएकोमा मिस नेपाल युएसएका सीईओ तथा संस्थापक अमित शाहले बधाई दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com