क्यानभासमा गणेश हिमाल र कालिकास्थान


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

नारायण ढुङ्गाना कालिकास्थान, २४ कात्तिक (रासस) ः
रसुवा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिका गाउँपालिका २ स्याउबारीबाट बिहान स्पष्टसँग देखिएको क्षितिजपारिको सुनौलो गणेश हिमाल आफैँमा आकर्षित थियो । काठमाडौँबाट पुगेका चित्रकारले त्यसको तस्वीर लिई सेल्फी मात्रै लिनुभएन, चित्रमा दुरुस्त उतार्नुभयो । रसुवाको कालिकास्थान छेउ पारेर शिरमा उक्त दृष्यलाई शशीकुमार डङ्गोल, पुण्यराम माताँ, सूर्यराम सुवाल, झलक केसी र तथागत चित्रकारले क्यान्भास र आर्ट पेपरमा सिर्जना गर्नुभयो । सहभागी कलाकार माताँ भन्नुहुन्छ,“गणेश हिमाल रसुवाको महत्वपूर्ण हिमशृङ्खला हो, यसले पर्यटकलाई लोभ्याउँछ, रसुवाको परिचय बोकेको हिमाल भएकाले पनि यसमा मेरो ध्यान गएको हो ।”

उहाँले कलामार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने आफ्नो उद्देश्य रहेको बताउनुभयो । गणेश हिमाललाई केन्द्रविन्दुमा राखेर उहाँले त्यहाँको समसामयिक विषय समेटेर चित्र बनाउनुभयो । बिहानको घामपछिको सुनौलो हिमाल उहाँको क्यान्भासमा यथार्थ छ । कलाकार रुविन बाडे, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजाति र राकेशचन्द्र श्रेष्ठले यहाँको घुम्ती बजारलाई उन्नुभयो । कार्यक्रमको संयोजन गर्नुभएका दिवेश प्रधान, डिल्लीराज घिमिरे र लक्ष्मीप्रसाद खोतेजा तथा रुविन बाडेले एक्रेलिक र जलरङको फरक फरक माध्यमबाट धार्मिक पर्यटकीय क्षेत्र कालिकास्थानलाई र अर्का कलाकार दीपेन्द्रमान बनेपालीले घुम्ती बजारको पुरानो बस्ती कैद गर्नुभयो । राधेश्याम चित्रकारले बेत्रावतीसहितको झुल्दै गरेको धान उतार्नुभयो ।

लाङटाङ जाने महत्वपूर्ण मार्ग कालिका हुँदै जान्छ । केरुङ जाने बाटो पनि यही हो । त्यही सुन्दर हिमाल हेर्न तथा यहाँको स्याउबारी आउन आन्तरिक र बाह्य पर्यटक लालायित हुने गरेका छन् । उचित प्रचार हुन भने नसकेका बेला कलामार्फत प्रयास हुनु महत्वपूर्ण भएको स्थानीयवासी पत्रकार हेमनाथ खतिवडाले बताउनुभयो ।

यही कात्तिक २१ गतेदेखि शुरु भएको काठमाडौँका कलाकारको एक समूहले ‘रसुवा कला यात्रा’ आयोजना गरेको थियो । उक्त अभियानअन्तरगत स्थानीयवासीसहित १५ कलाकारले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रलाई चित्रमा उनेका छन् । कलाकार शुक्रबार रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा कला सिर्जना गरेर प्रदर्शन गरेपछि शनिबार रसुवाको कालिका गाउँपालिकामा चित्र कोर्न पुगेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिवार आयोजित कार्यशालाबाट बनाइएका १५ चित्रलाई यहाँ आज बिहान प्रदर्शन गरिएको थियो । चित्रकला अवलोकन गर्दै कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले कला र कलाकार राष्ट्रको सम्पत्ति र गहना भएको बताउनुभयो । पशुपतिलगायत काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रमा हातले बनाएका कलाले विश्व परिचित गराएको स्मरण गर्दै उपाध्यक्ष न्यौपानेले भन्नुभयो, “यहाँको धैबुङ्कोट, कमारेगढी नीलकण्ठ महादेव, कालिकास्थानलगायत क्षेत्रको पर्यटकीय महत्वको उजागर गर्न कलाकारहरुले भूमिका खेल्न सक्छन्, आगामी दिनमा हामी सहकार्यका लागि तयार छौँ ।”

सो क्रममा स्थानीयवासी पुण्यराम न्यौपानेले कलाकारले बनाएको चित्र यहाँको प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यहाँका डाँडाकाँडा चित्रमा देख्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो । स्थानीयवासी कलाकार डिल्लीराज घिमिरेले काठमाडौँ, भक्तपुर र ललितपुरका सम्पदा र धार्मिक क्षेत्रमा कला सिर्जना गर्दै आएका कलाकारलाई राजधानी बाहिर ल्याएर स्थानीयस्तरमा कलाको महत्व बुझाउने प्रयास गरिएको र एक हिसाबले सफल भएको प्रतिक्रिया दिनुभयो ।

उक्त कार्यशाला र चित्रकला प्रदर्शनी सकिएपछि आजै नुवाकोटको विदुरमा कलाकार डङ्गोल र स्थानीय व्यवसायी ध्रुव रावलको संयुक्त लगानी रहेको ‘सुखद् आर्ट ग्यालरी’को समेत कलाकारको समूहले उद्घाटन ग¥यो । काठमाडौँका कलाकार श्रेष्ठले ग्यालरी स्थापना गरेर यहाँको कलाकारिताको विकासमा सक्रिय भएको भन्दै बधाई दिनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com