जापानी नागरिक ओकेबाजेलाई शिक्षा पुरस्कार


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

लुम्बिनी, २४ कात्तिक (रासस) ःकरीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)लाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ । उहाँले पाल्पा जिल्लामा रहेर शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै स्वरस्वती दशरथ भट्ट स्मृति शिक्षा पुरस्कार गरिएको हो ।
साहित्यकार तथा उच्च अदालत बुटवल इजलासका प्रमुख न्यायाधीश शेषराज सिवाकोटीले सम्मान गर्दै शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

चिकित्सक गोविन्दबल्लभ भट्टले स्थापना गरेको उक्त पुरस्कार ओकेबाजेलाई शहीद स्मृति पुस्तकालयको १८औँ वार्षिकोत्सवको अवसरमा समर्पण गरिएको हो । ओकेबाजेले पाल्पा जिल्लाका १८० भन्दा बढी विद्यालय एवं विभिन्न सङ्घसंस्थाको श्रीवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेकाले उनलाई पुरस्कृत गरिएको वरिष्ठ साहित्यकार वनमाली निराकारले बताउनुभयो । शहीद स्मृति पुस्तकालयका अध्यक्षसमेत रहनुभएका निराकारले जापानी नागरिकले पाल्पामा गरेको कर्मलाई भैरहवाले सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

पुरस्कार ग्रहणपश्चात ओकेबाजेले नेपालले आफूलाई धेरै कुरा सिकाएको बताउनुभयो । नेपालको संस्कृति संसारकै अनुकरणीय संस्कृति भएको भन्दै आफूसँग भएको चिज बाँडेर खानुपर्दछ भन्ने संस्कार आफूले नेपालमै सिकेको उहाँको भनाइ थियो । उहाँले जापान जन्मथलो भएतापनि नेपालले कर्म गर्न सिकाएको भन्दै नेपालीको माया र सम्मानले झनै उत्साहित बनाएको बताउनुभयो ।
७८ वर्षीय ओकेबाजेको नेपाल लगाव पनि गज्जबकै छ । विसं २०५० मा नेपालको अन्नपूर्ण बेसक्याम्प घुम्न आउँदा पाल्पाको पूर्वखोलास्थित ढोलीमारामा बस्न पुग्नुभएको थियो । त्यतिबेला त्यहाँको बसाइँले उहाँलाई प्रभावित गरायो । “ढोलीमाराको दुःखले मेरो मनमस्तिष्क छोयो त्यसपछि पुनः जापानबाट नेपाल आई त्यही ठाउँको सेवामा लागिरहेँ, लागिरहँे”, उहाँले भन्नुभयो ।

ग्रामीण क्षेत्रमा उहाँले स्थानीयहरुले जे भन्दा पनि ओके–ओके भन्ने गरेको हँुदा उहाँलाई स्थानीयवासीले ओकेबाजे नै नाम राखिदिएका हुन् । त्यसपछि उहाँले आफ्नो नाम काजुमासा काकिमी भन्नुभन्दा ओकेबाजे भनेर परिचय दिन थाल्नुभएको हो । ओकेबाजेलाई यसअघि पाल्पामा पनि नागरिक अभिनन्दन गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही अवसरमा शहीद स्मृति जागरण पुरस्कार यस वर्ष ट्रान्सपेरेन्सी इन्टरनेशनल (टिआई)लाई प्रदान गरिएको छ । ४५ हजार राशिको उक्त पुरस्कार भ्रष्टाचार निवारणको क्षेत्रमा क्रियाशील उक्त संस्थालाई प्रदान गरिएको हो । पुरस्कार टिआइका अध्यक्ष खेमराज रेग्मीलाई समर्पण गरिएको छ ।

त्यस्तै स्वास्थ्यतर्फको स्वरस्वती दशरथ भट्ट पुरस्कारले समाजसेवी दिलीप भट्टराई, नेत्र शोभा साहित्यिक पुरस्कारबाट विराटनगरका वरिष्ठ साहित्यकार विवश पोखरेल, गङ्गादेवी नारायण साहित्यिक पुरस्कारबाट वरिष्ठ साहित्यकार रुद्र ज्ञवाली, कालिका जगनाथ प्रतिमा पुरस्कारबाट चित्रकार शैलेश गुरुङ, रामकला बुद्धीनाथ गौतम स्मृति पुरस्कारबाट सिद्धार्थ बालगृहको सञ्चालक कृष्णमाया गुरुङ, जीवलक्ष्मी शैक्षिक पुरस्कारबाट रुपन्देही लीलाराम न्यौपाने माविको छात्रा महिमा बस्नेत, कान्ताकृष्ण स्मृति पुरस्कारबाट भैरहवा नमूना माविको छात्र हिमाल आचार्य र विश्राम ढकाल स्मृति पुरस्कारबाट अरनिको स्कूलका छात्रा साहिल गुरुङ पुरस्कृत भएको आयोजक संस्थाका सचिव गोविन्द न्यौपानेले बताउनुभयो । कार्यक्रममा प्राज्ञ बुँद राना, प्राज्ञ प्रा डा कपिलदेव लामिछानेलगायतले बोल्दै शहीद स्मृति पुस्ताकालयले प्राज्ञिक क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय भएको बताउनुभयो ।
–––
Powered By Orson Infotech

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com