भृकुटीमण्डपमा जुत्ताचप्पल एक्स्पो


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

मुलुकको समग्र मागको ६० प्रतिशत जुत्ता स्वदेशी उत्पादनले धानेको छ । आगामी वर्ष ८० प्रतिशत नेपाली जुत्ताले ओगट्ने अपेक्षा लिइएको छ ।

जाडो मौसमलाई लक्षित गरी ‘विन्टर फुटवेयर बिजनेस एक्स्पो’ शुरु गरिएको छ । जुत्ताचप्पल उत्पादक तीन उद्योग मिलेर शुक्रबारदेखि आगामी मङ्सिर ५ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने उक्त एक्स्पोमा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहेका छन् । एक्स्पोको उद्घाटन गर्दै प्रदेश ३ का आर्थिक मामिला एवं योजनामन्त्री कैलाश ढुङ्गेलले देशको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेहुँदा व्यवसायमैत्री वातावरण बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हरेक वर्ष नेपाली जनताको मागअनुसार जुत्ताको उत्पादन वृद्धि हुँदै गएकामा खुशी व्यक्त गर्दै आफ्नो प्रदेशका कर्मचारीलाई स्वदेशी उत्पादनका लागि प्रेरित गरिने बताउनुभयो । शिखर सुज कम्पनीका अध्यक्ष रामकृष्ण प्रसाईंले उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने सो मेला अभूतपूर्व अवसर हुने बताउनुभयो । उहाँले मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइएको बताउनुभयो ।

बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बताउनुभयो । मेलामा विवाहका मौसमलाई लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध गराइएको छ । मेलामा रु २५० देखिका चप्पल तथा रु ५०० देखि जुत्ता उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्टस्, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गमबुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com