महिला दिवसमा पुरुष पदयात्रा


प्रकाशित मिति : फाल्गुन २५, २०७३ बुधबार

केही संस्थाले १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन्देशमुलक र परम्परागत भन्दा भिन्न ढंगले मनाएका छन् । उनीहरुले महिला अधिकारको विषय महिलाको मात्रै नभइ पुरुषको पनि भएको भन्दै पुरुषमात्रै सहभागी भएर -यालीको आयोजना गरे ।

परिवर्तनका लागि पदयात्रा भन्ने नारा सहित ‘मेन फर वीमन’ लेखिएको व्यानर बोकेर झण्डै २ सय जना पुरुष -यालीमा सहभागी भएका थिए ।
पुरुषसँगको सहकार्य र उनीहरूसँगको हातेमालो विना महिला अधिकार प्राप्त हुने सम्भब नदेखिएकाले यस्तो कार्यक्रम गरेको आयोजकले बताए । महिला अधिकार प्राप्ति, महिलामाथि हुने हिंसा र शोषण अन्त्य गर्ने अभियान अब महिलाकोमात्रै नभइ पुरुषको पनि हुनुपर्छ भन्ने उद्देश्यले यो -याली निकालिएको आयोजकहरुको भनाइ छ ।

परम्परागत, रुढीवादी सोचाइ र मान्यतालाई चिर्दै र महिला समानताका लागि महिलाका मात्रै आवाज र अभियान अपुर्ण रहेकाले समानता र सामाजिक न्यायकायम गर्न यो अभियान निरन्तर चलाइने आयोजक मध्येका एक नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले बताउनुभयो ।

यो अभियान अब केही संघसंस्थाकोमात्रै नभइ यो व्यापक विस्तार हुनुपर्ने फ्रीडम फोरमका बरिष्ठ कार्यकारी अधिकृत तारानाथ दाहालले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रम यी दुई संस्था लगायत एण्टेना फाउण्डेसन, रेष्टलेस डेभलपमेण्ट र डान्स फर लाइफले आयोजना गरेका हुन् । पदयात्रा ललितपुरको जाउलाखेलबाट सुरुभइ मान भवन, कुमारी पाटी, लगनखेल वसपार्क हुँदै मगंलबजारस्थित दरवार स्क्वायरमा पुगेर टुंगिएको थियो । महिला खबरबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com