विश्वकै सबैभन्दा धेरै उमेरका जोडी अमेरिकाको टेक्सासमा, डिसेम्बर १५ मा ८० औं बर्षगाँठ


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

टेक्सासमा बस्दै आएका एक दम्पत्ति विश्वकै सबैभन्दा धेरै उमेरका जीवित जोडी रहेको औपचारिक पुष्टी गरिएको छ । गिनिज बुकले यो जोडीको नाम विश्वकै सबैभन्दा धेरै उमेरका जीवित जोडीमा दर्ता गरेको हो ।

टेक्सासको अस्टिनमा बस्दै आएका जोन हेण्डरसन १ सय ६ बर्षका भए भने उनकी पत्नी शार्लोट १०५ बर्षकी भइन् । आगामी डिसेम्बर १५ मा उनीहरुले ८० औं वैवाहिक बर्षगाँठ मनाउँदैछन् ।

उनीहरुबीच पहिलो भेट सन् १९३४ मा युनिभर्सिटी अफ टेक्सासका कक्षामा भएको थियो । उनीहरुले सन् १९३९ मा विवाह ग रेका थिए । त्यतीबेला उनीहरुले हनिमुन मनाउनका लागि होटलको कोठाका लागि ७ डलरमात्र तिरेका थिए ।

यो जोडी अहिलेपनि निकै स्वस्थ्य रहेको जनाइएको छ । जोनले अहिलेपनि हरेक दिन व्यायाम गर्दै आएका छन् ।

यति लामो जीवन र खुशीयालीपूर्ण वैवाहिक जीवनको रहस्य के हो ? जवाफमा जोन भन्छन् – ‘तपाई आफ्नो जीवन संयम तरिकाले विताउनुपर्छ, र आफ्नो दम्पत्तिप्रति सौहार्दपूर्ण रहनुपर्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com