न्युयोर्कको टाइम्स स्क्यावर एएमसीमा पहिलो पटक नेपाली चलचित्र, नोभेम्बर २४ मा ‘छ माया छपक्कै’


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ पहिलो पल्ट विश्वकै राजधानीका रुपमा परिचित न्यूयोर्कस्थित टाइम्स इस्क्वायरमा रहेको एएमसी सिनेमा घरमा लाग्ने भएको छ । प्रायजसो अमेरिकामा नेपाली चलचित्रहरु अन्य हल वा अडोटोरियममा चलाउने गरिन्थ्यो तर पहिलो पल्ट विश्व विख्यात फेन्चाइज एएमसि हल न्यूयोर्कमा देखाउन लागिएको हो ।

बितरकले दिएको जानकारी अनुसार दर्शकको मन जित्न सफल चलचित्र ‘छ माया छपक्कै’ पहिलो पल्ट एएमसी सिनेमा घरमा लाग्दैछ, भने उक्त शो मा केकी अधिकारी आउँदैछिन् । यही नोभेम्बर २४ तारिख आइतवार दिनको २:३० बजेको शो चलचित्रकी नायिका केकी अधिकारीका साथमा बसेर हेर्न सकिने जनाइएको छ ।

अनलाइनमार्फत टिकट किन्न यहाँ क्लिक गर्नुहोला ।

व्यवासायी अमित साहले भने, एएमसीमा पुगेर नेपाली चलचित्र हेर्न पाउनु हाम्रा लागि गौरवको कुरा पनि हो, हामीले नेपाली चलचित्रलाई माया गर्नुपर्छ, आउनुस नायिका केकीसंगै फिल्म हेर्न जाऊँ । बितरकहरुका अनुसार टिकट अनलाइनबाट समेत खरिद गर्न सकिनेछ । उनिहरुका अनुसार दोश्रो शो कुइन्समा रहेको बम्बे थियटरमा डिसेम्बर १ तारिखका दिन दिउसो २:३० बजे लाग्नेछ । अर्का व्यवसायी कपिल भट्टले नेपाली चलचित्रलाई माया गर्ने सबै दर्शकलाई २४ तारिख टाइम्स इस्क्वायरमा पुगेर चलचित्र हेर्न अनुरोध गरेका छन् । उनका अनुसार न्यूयोर्कमा हुने सबै शो भुमी हलमै देखाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चलचित्र प्रर्दशन बारे प्रतिकृया दिँदै पत्रकार अनिल अधिकारीले, नेपाली चलचित्रलाई माया गर्ने धेरै दर्शक न्यूयोर्कमा रहेकाले यो मुभीको प्रदर्शन भव्य हुने बताए, दर्शकको अपार माया बटुल्न सफल चलचित्र भएकाले पनि न्यूयोर्क तथा अमेरिकाका दर्शकका लागि प्रतिक्षाको फिल्म भएको अधिकारीको भनाई छ ।

यस्तै अन्य शोहरुका लागि तयारी भईरहेको र तिन महिना सम्म न्यूयोर्कमा प्रर्दशन जारी राखिने आयोजकले जानकारी दिएका छन् । यस्तै न्यूयोर्क राज्यका बिभिन्न स्थानमा चलचित्र देखाउने तयारी भईरहेको छ । दिपेन्द्र लामा निर्देशित चललचित्रको कथा पनि निर्देशक लामाले नै तयार पारेका हुन् । चलचित्रमा दीपकराज गिरी केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आईएमईको संयुक्त ब्यानरमा बनेको चलचित्रको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् ।

अमेरिकाका लागि बिरतणको जिम्मा लिएका चलचित्र निर्देशक सुरेश दर्पण पोखरलका अनुसार, चलचित्र धेरै मसलेदार छ, राजनीतिक मतभेदका कारण पानी आउन नसकेको कथा समेटिएको छ, उनका अनुसार कञ्चनपुरको साविकको गोदावरी गाविसमा भएको सत्य घटनामा आधारित चलचित्र हो । ३ महिना सम्म न्यूयोर्कमा प्रर्दशन हुने भएकाले स्पोन्सर गर्न तथा चलचित्रमा बिज्ञापन देखाउन चाहनेले रवि गौतम, राजन कर्माचार्य र कपिल भट्टलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com