बाल्टिमोरमा “गुडबाई काठमाडौँ’ प्रदर्शन हुदै


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको नवीन सुब्बाद्वारा निर्देशित चलचित्र “गुडबाई काठमाडौँ’ म्यारिल्याण्ड राज्यको बाल्टिमोर शहरमा यहि नोभेम्बर १७ तारिक आइतबार विशेष प्रदर्शन हुने भएको छ । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), म्याग्दी समाज अमेरिका,नासो कम्युनिटी अमेरिका, कास्की समाज अमेरिका र नेपाल अमेरिका फिल्म सोसाइटी लगायत बाल्टिमोरका सथानीय संघ संस्थाहरुको सयुक्त आयोजनामा उक्त्त प्रदर्शन हुने जनाइएको छ । यस विशेष प्रदर्शनको मिडिया साझेदारी नेपलिजडायास्पोरा डटकमले गर्नेछ ।

चलचित्र प्रदर्शनको अन्तरक्रियामा निर्देशक नवीन सुब्बा आफै उपस्थित हुने कार्यक्रम रहेको छ । नेपाली चलचित्र र संस्कृति माथि बौद्विक बहसमा सक्रिय सुब्बाका ‘नुमाफ़ुङ्ग’ ‘दलन’,’सिंहदरबार’ लगायत अन्य थुप्रै चर्चित चलचित्रहरु निर्देशन गरेका छन् । “गुडबाई काठमाडौँ’ नवीन सुब्बाको बहुप्रतिक्षित चलचित्र हो । पूर्व मिस नेपाल माल्विका सुब्बा, सुबर्ण थापा, कर्मा, निखिल गुरुङ, माला लिम्बु , सहाना बज्राचार्य, टिका पहाडी लगायतका कलाकारहरुले अभिनय गरेकाछन । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विदेशमा विशेष प्रदर्शन भइरहेको “गुडबाई काठमाडौँ’ अब नेपालमा सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com