अढाइ दशकपछि भारतद्वारा नहर निर्माणको थालनी


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

नेपाल–भारत सिमानाको कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका स्थानीय गगनसिंह कार्की भारतले सिँचाइको मूल नहर जोड्नका लागि खाली गर्दै गरेको वनको जमीन क्षेत्रमा भेटिनुभयो ।

एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले सम्झौताअनुसार नेपालको सिमानासम्म एक हजार २०० मिटर मूल नहर र महाकाली नदीमा हेड रेगुलेटर बनाउन अग्रसरता देखाएको छ । भारतले आफ्नो भूमि पर्ने क्षेत्रमा बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणका लागि सर्वे भएको करीब १८ वर्ष भइसकेको बताउँदै स्थानीयवासी कार्कीले नहरमा पानी बग्नेमा आफू ढुक्क नभएको बताउनुभयो ।

“सर्वे भएको ठाउँभन्दा केही मिटर दक्षिणतर्फ भारतले नहर निर्माणका लागि ठेक्का दिएर वन क्षेत्र खाली गराएर काम थालेको छ”, उहाँले भन्नुभयो, “नहर सर्वेभन्दा तल सार्नुको अर्थ अहिल्यै थाहा हँुदैन ।” एक दशकअघि सोही क्षेत्रको नेपाली भूमिबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल निर्माण थालेको थियो ।
करीब १३ किलोमिटर मूल नहर बने पनि शाखा नहर बनाउने र सिँचाइका लागि किसानको खेतमा पानी पु¥याउने योजना भने अझै नदेखिएको कार्कीको भनाइ छ । यहाँस्थित महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले १८ महिनामा सक्ने गरी भारतीय पक्षले एक हजार २०० मिटर नहर र नहरको हेडरेगुलेटर निर्माणको थालनी गरेको बताउनुभयो ।

“एक हजार २०० मिटर भूमिमा वन परेकाले त्यहाँको स्वामित्व लिएर नहर खन्न भारतीय प्रक्रियागत कारणले ढिलाइ भएको भारतीय एनएचपिसीको भनाइ छ”, निर्देशक थापाले भन्नुभयो, “अब नहर निर्माण हुनेमा आशङ्का गर्नुहुन्न ।” यसअघि पनि भारतीय पक्षले नहर निर्माणका लागि ठेक्का आह्वान गरे पनि प्राविधिक कारण देखाउँदै ठेक्का प्रक्रिया रद्द गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मटेनादेखि कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहरको दोस्रो चरणमा हाल १५ किलोमिटर निर्माणाधीन अवस्थामा छ । कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहे पनि निर्माणको गति भने सुस्त छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com