विदुर, २२ कात्तिक (रासस)नुवाकोटको देवीघाटस्थित नेपाली सेनाको जबरजङ्ग गणले लिखु गाउँपालिका–१स्थित बराफेदीमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।
नारायणदेवी माध्यमिक विद्याललयका शिक्षक, शिक्षिका, विद्यार्थीलगायत सोही ठाउँका बासिन्दासमेत सहभागी सो कार्यक्रममा विपद्बाट कसरी बच्ने, कसरी समस्या समाधान गर्ने र विष्फोटक पदार्थबाट कसरी सुरक्षित हुने भन्नेबारे प्रयोगात्मक अभ्याससमेत गरिएको सोही गणका गणपति उदयबहादुर लामिछानेले जानकारी दिनुभयो ।उक्त गाउँपालिका–१ का वडाध्यक्ष नरहरि पाण्डे र सोही विद्यालय सहायक प्रधानाध्यापक दीपक सिटौलालले कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।
–––
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।