अमेरिकामा ९ हजार क्वीन्टल चिकेन बजारबाट फिर्ता, संक्रमणको आशंका


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ एग्रिकल्चर अन्तरगत खाद्य सुरक्षा र जाँच सेवाले बजारमा रहेको झण्डै ९ हजार क्वीन्टल चिकेन फिर्ता गराएको छ । बुधबार गरिएको घोषणामा २० लाख पाउण्डभन्दा धेरै चिकेन धातु लगायतका बाहिरी पदार्थसँग संक्रमण भएको आशंकामा फिर्ता गरिएको हो ।

अर्कान्सासमा रहेको चिकेन सप्लायर्स कम्पनीले अलाबामा, एरिजोना, अर्कान्सस, क्यालिफोर्निया, जर्जिया, मिनेसोटा, ओक्लोहोमा र पेन्सिलभेनियामा चिकेन सप्लाई गरेको थियो । उक्त चिकेन रेष्टुरेण्ट, विद्यालय, अस्पताल र वितरकलाई सप्लाई गरिएको थियो ।

संक्रमित भएको आशंका गरिएका चिकेनको लेवल हेर्न यहाँ क्लिक गर्नुहोला ।

अक्टोबर २१ देखि नोभेम्बर ४ सम्म उत्पादन गरिएको उक्त चिकेन फिर्ता गरिएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारले प्रभावित चिकेनको लेवल अनलाइनमा समेत सार्वजनिक गरेको थियो ।

उक्त चिकेन खाएमा स्वास्थ्यमा गम्भिर समस्या आउनसक्ने चेतावनी दिइएको छ । उक्त चिकेनका कारण स्वास्थ्यमा समस्या देखिएमा तत्काल चिकित्सकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com