नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन् २०१९ को ‘ एलसीयु फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्रदान गरिएको छ । १६० वर्षभन्दा पुरानो इतिहास रहेको दएलसयु फन्ड फर वीमन एडुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुकालागि सहयोग हुने काम गर्दै आएकाले उक्त अवार्ड प्रदान गरेको हो ।

श्रेष्ठले विगत १ वर्षभन्दा बढी समयदेखि आफ्नो श्रीमान्संग मिलेर न्युयोर्कबाट ‘एट द इन्ड अफ द डे’ नामक साप्ताहिक पडकास्ट संचालन गरिरहेकी छिन् । पडकास्टमा अमेरिकामा रहेका नेपाली र गैरनेपाली आप्रवासी युवापुस्तालाई करियर बनाउन मार्गनिर्देश गर्ने खालका कार्यक्रम बनाइन्छ । विभिन्न देशबाट अमेरिका बसाई सरेर आएका र यहां पनि आफ्नो करियरमा सफलता हासिल गरिरहेकाहरुसंग श्रेष्ठले पडकास्टमा अन्र्तवार्ता लिने गर्छिन् ।

‘यो पडकास्ट गर्नुको मुख्य उद्धेश्य नै यो देशमा आउने नयां पुस्तालाई यहां पनि आफ्नो करियरलाई निरन्तरता दिन सकिन्छ भनेर प्रोत्साहन दिनु हो, ’ श्रेष्ठले भनिन् । ‘ मैले कहिले पनि सोचेकी थिइन कि यो पडकास्टको कामलाई यहांको समाजले यसरी महत्व दिंदै आएको रहेछ, ’ उनले थपिन् ।

नेपालमा बीबीसी मिडिया एक्सन्मा ५ वर्षभन्दा बढी संचारकर्मीको रुपमा काम गरेकी श्रेष्ठ यहां इन्टरनेशनल अफेयर्समा स्नात्तोकत्तर गरिरहेकी छिन् । अंंग्रेजी भाषामा प्रशारण हुने उनकोे पडकास्ट युटुबमा हेर्न सकिनेछ भने आइट्युन्स, स्पोटिफाइ लगायत १० भन्दा बढी पडकास्ट प्लाटफर्ममा सुन्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com