अमेरिकामा चम्किदै नेपाली ठिटो ‘प्रकाश’


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

रुपा घिमिरे

लगन र अठोट भए नेपालीले अमेरिका जस्तो देशमा रहेर पनि केहि फरक र पृथक बन्न सक्छ भन्ने पछिल्लो उदाहरण बनेका छन् नेपाली युवा प्रकाश थापा । पुर्ख्यौली थलो बागलुङ भई हाल अमेरिकामा रहेका प्रकाश पछिल्लो समय बलिउडका स्थापित कलाकारहरुका शोमा आबद्ध हुने गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियामा ‘अक्टेभ इन्टरटेनमेन्ट’ नामक संस्थाका संस्थापक रहेका प्रकाशको सहभागितामा   हालसम्म कैयन बलिउडका सफल इभेन्ट भइसकेका छन् ।  उनी सम्मिलित इभेन्टमा  गोबिन्दा शाहरुख खान, सलमान खानले कला प्रदर्शन गरिसकेका छन् ।

नेपालमा रहँदा तेक्वान्दोका पूर्व प्रशिक्षक समेत बनेका उनी अमेरिका खेलाडीकै भिसामा हानिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका पुगेर पनि उनले केहि समय तेक्वान्दो प्रशिक्षकनै भएर नेपाली तथा अमेरिकीहरुलाई तेक्वान्दो सिकाउने काम गरे तर उनी यसबाट सन्तुष्ट बन्न भने सकिरहेका थिएनन् कारण थियो उनको परिचय । उनलाई बिदेशीहरुले परिचय र ठेगाना सोध्दा नेपाल भन्नेबित्तिकै कहाँ छ त्यो देश सुनेको छैन भनेर प्रतिक्रिया दिने गर्दथे त्यसबेला म बुद्ध र सगरमाथाको नामले आफ्नो परिचय दिने र चिनाउने गर्दथे उनी मुस्कुराउँदै भन्छन् ।

 

यो कुराले उनलाई ईख पलायोकि अमेरिकामा रहेर केही फरक गर्छु र आफु र आफ्नो देशलाई अत्र्राष्ट्रिय स्तरमा थोरै भएपनि चिनाउन पहल गर्छु । लगत्तै उनले  ‘अक्टेभ इन्टरटेनमेन्ट’ कम्पनी स्थापना गरेर आधिकारिक रुपमा इभेन्ट म्यानेजमेन्टको कामको शुरुवात गरे । जुन कम्पनीलाई पछि उनले अमेरिकाको क्यालिफोर्नियामा समेत संचालनमा ल्याए ।

उनले नेपाली कला र कलाकारलाई समेट्ने प्रयास स्वरुप ३ वर्ष अघि हलिउड बलिउडका साथमा नेपाली दिग्गज कलाकारहरुलाई पनि एक साथ ल्याएर ‘फग फिल्म फेस्टिवल’काे आयोजना गरिसकेका छन् ।

आफुले नेपालमा समेत बलिउड स्तरको कार्यक्रम गर्न खोजेपनि विभिन्न राजनीतिक र प्राविधिक कारणले हुन नसकेको थापा स्विकार्छन् ।  उनी भन्छन् -‘बलिउड कलाकारको कार्यक्रम भनेपछि विश्वभरबाट ध्यान आकृष्ट हुने थियाे, जसले नेपाल भ्रमणलाईनै प्रोत्साहन मिल्ने थियो । नेपाल र नेपालीहरुको शान विश्वभर पुग्ने थियो ।’

अमेरिकाको सिलिकन भ्यालीका लागि पर्यटनदूत रहेका प्रकाशले ‘ह्विसपर नेपाल’ नामको प्रोजेक्ट मार्फत  चर्चित कलाकारहरुबाट नेपाल र नेपालका पर्यटकीय स्थलको बारेमा अभियान चलाउँदै आएका छन् । पछिल्लो समय ‘एक्शन फर नेशनस्’ नामक गैरनाफामुलक संस्थामा स्थापना गरेर प्रकाशले नेपालमा होटल तथा पर्यटनमा आबद्ध नेपाली चेलीहरुका लागि ‘सेल्फ डिफेन्स ट्रेनिङ’ समेत दिँदै आएका छन् जुन कार्यक्रमको प्रभावकारिताका लागि स्वयम् उनी केहि समय अघि नेपाल आएका हुन् । उनी काठमाडौँमा रहेको गोर्खा एफएमको संस्थापक निर्देशक समेत हुन् ।

संघर्ष र सफलताका सिँढी चढ्दै जाँदा उनले निकै प्रतिष्ठित र उच्चस्तरका व्यक्तिलाई भेट्ने  सौभाग्य पाएका छन् । उनले चुनाव प्रचार प्रसारको क्रममा अमेरिकाका लागि तत्कालिन राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनलाई भेटेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com