बलिउडका सफल चलचित्र अभिनेता गोविन्दा विरगञ्जमा , नेपाली कलाकारले गरे स्वागत


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

बलिउडका सफल चलचित्र अभिनेता गोविन्दा विरगञ्ज पुग्नुभएको छ । आजविहान नेपाली कलाकारको टोलीसहित उहाँ सिमराहुादै विरगञ्ज पुग्नुभएको हो ।

उहाँ वीरगञ्जमा आयोजित ‘नेपाल चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन नेपाल आउनुभएको हो । सोमबार पत्नी सुनितासँगै नेपाल आउनुभएका उहाँले हिजो बिहान पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन गर्नुभएको थियो । गोविन्दाको पत्नी सुनिता नेपाली हुनुहुन्छ ।

गत वर्ष पनि उहाँ एक चलचित्र अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएको थियो । उहाँसँगै भारतमा रहनुभएकी नेपाली अभिनेत्री निरुता सिंहसमेत आउनुभएको छ । चलचित्र निर्माता सङ्घको आयोजनामा बुधबारदेखि पर्साको वीरगञ्जमा हुने उक्त कार्यक्रममा पुराना र नयाँ कलाकारले विभिन्न चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको र आफ्नो समेत प्रस्तुती रहेको बरिष्ठ गायक यम बरालले खसोखासलाई जानकारी दिनुभयो । बराल लगायतका कलाकारले गोविन्दालाई विमानस्थलमा स्वागत समेत गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com