समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन माग


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

रुपन्देही, २१ कात्तिक (रासस) ः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् ।

हरेक महिला पुरुषलाई जस्तै तेस्रोलिङ्गी समुदायलाई पनि आफूले चाहेको जीवनसाथी रोज्न पाउने र घरबार गर्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले सरकारसंग आग्रह गरेका हुन् ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा नीलहिरा समाजको आयोजना तथा मधेश मानवअधिकारको सहयोगमा बुधबार बुटवलमा गरिएको प्र्रदेशस्तरीय नीतिगत बहसमा सहभागी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरुले तेस्रोलिङ्गीलाई विवाहको कानूनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपरेको गुनासो गर्नुभयो ।

सो अवसरमा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यो समुदायको हकअधिकार र सशक्तीकरणका लागि मन्त्रालयले बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा प्रदेशसभा सदस्य रमा अर्याल र दीपा विकले प्रदेशको नीति बनाउँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालहरु सम्बोधन हुने किसिमले बनाउने बताउनुभयो । माहुरी होमका अध्यक्ष रवि ठाकुरले यौनिक तथा अल्पसङ्ख्यकहरुको पहिचान दिलाउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

एक्लोलाई सहारा दिने वृक्ष समूहका कार्यक्रम संयोजक मनिला न्यौपानेले समलिङ्गी विवाहलाई कानूनी मान्यता नहुँदा घरजम गर्ने अधिकारबाट बञ्चित हुनुपरेको गुनासो गर्नुभयो । महिला र पुरुषबीचको विवाह मान्य हुने तर हामीले विवाह गर्न किन नपाउने ? उहाँले प्रश्न गर्नुभयो ।

नील हिरा समाजका रुपन्देही अध्यक्ष आनिक रानाले इच्छ्याएको र चाहेको व्यक्तिसँग जीवनयापन गर्ने व्यक्तिको अधिकार भएकाले तेस्रोलिङ्गीलाई पनि यो अधिकार दिलाउन माग गर्नुभयो । “तपार्इं मरेपछि त तपाईंका सन्तानले कीरिया गर्ला तर हामी मरेपछि कसले अन्तिम संस्कार गर्छ ?”, उहाँले भन्नुभयो, “हाम्रो समस्याको सुनुवाइ होस् ।”

अर्घाखाँचीका अन्तरलिङ्गी शिशिर भट्टराईले अन्तरलिङ्गी भएकै कारण परिवार र समाजले स्वीकार नगर्दा जिल्ला छाडेर हिँड्नुपरेको दुखेसो पोख्नुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com