बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

हरिबोधिनी एकादशीको अवसर पारेर बूढानीलकण्ठस्थित वेद विद्याश्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।

महायज्ञको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सभ्यताको पाठ सिकाउन गुरुकुलीय शिक्षा पद्धतिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । समाजमा सुसंस्कार फैल्याउनसमेत प्राचीनकालदेखि गुरुकुलले योगदान गर्दै आएको उहाँको भनाइ छ ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द मूल कर्ता रहनुभएको महायज्ञ कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा बूढानीलकण्ठ नारायणस्थान मठका स्वामी निगमानन्द, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष कल्पना मल्ल ठकुरी, उपाध्यक्ष ध्रुव केसी, गुरुकुलका प्राचार्य प्रकाश रुपाखेती लगायतले गुरुकुल सञ्चालनका लागि महायज्ञ गरिएकाले मन, वचन र कर्मले सहयोग गर्न आह्वान गर्नुभयो ।

महायज्ञमा पण्डित कपिलदेव सुवेदीले श्रीमद्भागवत पाठ पारायण एवं कथा वाचन गर्नुहुनेछ । कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठमा भक्तजनको विशेष भीड लाग्छ । यस अवसरमा नारायणस्थानमा मेला समेत आयोजना गरिएको मठले जनाएको छ । मेला कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म अर्थात् कात्तिक २२ गतेदेखि २६ गतेसम्म चल्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतीय राजदूतावासको रु दुई करोड ४६ लाख सहयोगमा निर्माण भएको मठाधीश भवन आजै हस्तान्तरण हुने भएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हस्तान्तरण गर्नुहुने जनाइएको छ । तीन तले उक्त भवनमा ठूूला १० कोठा छन् ।

भवन गुरुकुलका लागि समेत उपयोगमा ल्याइने जनाइएको छ । बूढानीलकण्ठ विश्वमै ठूलो ढुङ्गामा कुँदिएको प्राचीन मूर्ति हो । जलभित्र शयन गर्नुभएका हरि र हर अर्थात् विष्णु र शिव दुवैको मूर्ति रहेकाले यसलाई अद्वितीय मानिन्छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com