भेरी करिडोरमा १५ पुल निर्माण हुँदै


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन् । सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

मन्त्री बस्नेतले रासससँगको कुराकानीमा भन्नुभयो, “हामी डिजाइन लागतको अनुमान दुई महिनाभित्र पूरा गरेर सबै पुल निर्माणको चरणमा पुगेका छौँ ।” गृह जिल्ला आउनुभएका मन्त्री बस्नेतले जाजरकोट खण्डभित्र रहेका आठ पुल र डोल्पा खण्डका सात पुल निर्माणकार्य यसै आर्थिक वर्षबाट शुरु हुने बताउनुभयो । सार्वजनिक खरीद ऐन संशोधन भएका कारण अघिल्लो वर्ष नलगाड नदी र झर्मेखोलामा भएको बोलपत्र आह्वानका साथै रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम रद्द भएकाले यो वर्ष सबै काम हुने उहाँले बताउनुभयो ।

जाजरकोट खण्डको झुर्मेखोला, नलगाड नदी, खोलेखेत, साप्नेखेत, खमाउरीखोला, त्रात्रगाड, तासुँगाड र तल्लुस्थित भेरी नदीमा पुल निर्माण हुनेछन् । त्यस्तै डोल्पा खण्डमा रिजिगारखोला, उसुमखोला, करवगाडखोला, भेरी नदी खदाङ, खदाङखोला, छलगाडखोला र त्रिपुरासुन्दरी भेरी नदीमा पुुल निर्माणका लागि सड़क विभाग पुल महाशाखाले पहल थालेको हो ।

विकास निर्माणमा ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीले नै समस्यामा पारेको उहाँको भनाइ छ । मूल ठेकेदारले कामको जिम्मेवारी लिएपछि कामको जिम्मा साना निर्माण व्यवसायीलाई दिने अनि साना ठेकेदारबाट काम नहुने मात्र होइन, वर्षाँैसम्म झुलाइदिने कार्यले समस्या आएको उहाँको भनाइ छ । विकास निर्माणका काममा अवरोध नगर्न उहाँले आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुनैसम्म सडकको ट्र्याक खोल्ने काम पूरा भएकाले दुनैबाट मरिम्ला सडकखण्डको निर्माणका लागि पनि यसै वर्षदेखि काम गर्न छलफल शुरु भएको पूर्वमन्त्री एवं सांसद सत्य पहाडीले बताउनुभयो । भेरी करिडोरमा पुल निर्माणसँगै यो वर्ष बोलपत्र आह्वान कालेगाउँदेखि रिम्ना हुँदै तल्लुसम्म हुने भएकाले बहुवर्षीय ठेक्कामार्फत सडक निर्माणको काम हुने उहाँको भनाइ छ । यसै आर्थिक वर्षदेखि नै त्रिवेणीदेखि इलसम्मको सडक निर्माणका लागि डिपिआर निर्माणको काम पूरा भएकाले सडक निर्माणकार्य शुरु हुने पहाडीले बताउनुभयो ।

प्रदेश सरकार र सङ्घीय सरकारमार्फत संयुक्तरूपमा बजेट विनियोजन भएकाले यहाँ काम हुन लागेको हो । जगदुल्ला हाइडा«ेपावर निर्माणका लागि पनि सडक छिटो निर्माण गर्नु अपरिहार्य भएको छ । अहिले जगदुल्ला हाइडा«ेपावरको मुआब्जा वितरणको काम शुरु भएको छ । सडकको स्तरोन्नतिको काम नै पहिलो विकासको आधार भएकाले त्यसतर्फ केन्द्रित हुनुपरेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com