मदिरा बिक्री गर्ने र खानेलाई कारवाही गरिने


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई रु १० हजार र खानेलाई रु पाँच हजार जारिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाको निर्णय अटेर गर्नेलाई कानूनबमोजिम सजाय हुनेछ ।” वडामा मदिराका कारण विभिन्नखाले घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको वडाध्यक्ष उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र तथा वडामा धमाधम मदिरा नियन्त्रण अभियान सञ्चालन गरेका छन् । यो वर्ष मात्रै मदिराका कारण कम्तीमा पनि एक दर्जन घटना भइसकेका प्रहरीको तत्थयाङ्कमा उल्लेख गरिएको छ । मदिरा नियन्त्रणका लागि विभिन्न खाले पहल भइरहे पनि गाउँमा लुकीछिपी बिक्री वितरण गर्नेका कारण समस्या हुँदै आएको प्रहरीको भनाइ छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com