दर्जन बढी पुस्तकका लेखक अमेरिका निवासी थपलिया नयाँ पुस्तकको तयारीमा


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

अमेरिका निवासी युवा लेखक राजन थपिलिया नयाँ पुस्तकको तयारीमा लागेका छन् । उनले यसअगाडि एकदर्जन बढी पुस्तकहरु प्रकाशित गरिसकेका छन् । आगामी पुस्तक मोटिभेसनमा आधारित रहेको राजन थपलियाले जानकारी दिएका छन् ।

यसअगाडि ४३ बर्षसम्म जेलमा विताएका एकजना कैदीको कथामा आधारित फिफ्टी फाइभ इयर्स अमेजनमार्फत सार्वजनिक गरिएको थियो । १८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर जेलमा परेका न्युयोर्कका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको थियो ।

उनको ११ औं पुस्तकका रुपमा शतप्रतिशत जीवन प्रकाशित भएको थियो । यो पुस्तकमा कसरी शतप्रतिशत जीवन जिउन सकिन्छ भन्नेबारे सिकाइएको थियो । सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्ने थपलियाको यो पुस्तक शतप्रतिशत जीवन अर्थात् हन्ड्रेड पर्सेन्ट लाइफमा जीवनबारे बहुउपयोगी शुत्रहरु समेत दिइएको थियो । यो पुस्तक सगरमाथाबाट लोकार्पण गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका पुस्तकहरु अमेजन लगायतका अनलाइन प्लेटफर्महरुमार्फत किन्न सकिन्छ । राजनले हफिंटन पोष्ट, इलाइट डेली, थ्राइभ ग्लोबल लगायतका विश्व प्रसिद्ध संचारमाध्यममा समेत लेख्दै आएका छन् ।

लेखक राजन थपलिया आफूलाई राम्रो पाठक भन्न रुचाउँछन् । १० कक्षामा पढ्ने बेलामा नै ३ हजार किताब पढेको भनेर उनको चर्चा भएको थियो । उनले ‘थिंक अबाउट इट’, ‘सिम्पल रुल्स र ‘टर्निङ प्वाइन्स’ भन्ने किताब लेखेका छन् । उनको मेडिकल साइन्समा आधारित ‘स्विट स्पिसेस’ ‘रिजोइस’को दुईटा सिरिज आइसकेको छ ।

थपलियाको कविता नेपालको कोर्सबुकमा समेत राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी कोर्सबुकमा राखिएको हो ।
नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा उक्त पुस्तक पढाइदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com