विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’, पाँचौं दिन महामूर्ख नाटक मञ्चन


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज पाँचौं दिन बाथःप्याखँ (महामूर्ख) नाटक मञ्चन भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि कात्तिक नाच हुँदै आएको छ । सो नाचको पाचाँै दिन आज बाथःप्याखँ (महामूर्ख) नृत्य वा नाटकको संवाद मञ्चन गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाथःप्याखँ (महामूर्ख) नाटकको दिनमा आज तीनै जान दाजुभाइको एकै स्थानमा भेट हुन्छ । कानको कुण्डल बेच्ने क्रममा ‘हामीलाई किन बेचिस्’ दाजुहरुले भाइलाई प्रश्न गर्छन्, पछि उनीहरुबीच कुरा हुन्छ । ‘हामी जनमानसलाई शिक्षा दिन मत्र्यलोक आएका हौँ । यसमा विवाद नगरौँ’ यी तिनै जान दाजुभाइ कुरा गरेर बसेको ठाउँमा एक ब्राह्मण आउँछन् । उनीहरुले ढोग भनेपछि ती ब्राह्मणले ‘तीनै जनालाई एकैपटक भाग्यमानी होस्’ भन्ने आशिष दिन्छन् ।”

नाटकको दृश्य उहाँका अनुसार उनीहरु तीनै जनाले ‘कसलाई आशिष दिएको हो’ भनी ब्राह्मणसँग प्रश्न गर्छन् । ब्राह्मणले, ‘जो तिमीहरुमा महामूर्ख छांै’ उसैलाई आशिष दिएको भन्छन् । तँभन्दा ‘म महामूर्ख, हैन म महामूर्ख’ भन्ने क्रममा उनीहरुबीच फेरि झगडा पर्छ । महामूर्ख पत्ता लगाउन उनीहरु तीनै जना मिलेर कृष्णको द्वारकामा जान्छन् । कृष्णको द्वारकामा कोटवालले ‘आफू आफू मूर्ख हुँ’ भन्ने प्रमाण दिन आग्रह गर्छन् ।

माइला भाइले आफू भाइहरुसँग छुटेपछि भएको घटना सबै सुनाउँछन् । यसैगरी समा जेठा दाजुले पनि भाइहरुसँग आफू छुटेपछिको सबै कथा सुनाउँछन् । अन्तमा कान्छो बाथः भाइले पनि दाजुहरुसँग छुटेपछिको सबै कुरा सुनाएपछि कोटवालले ‘दुईवटा श्रीमती राजा, देवेता, दानव, दैत्य सबैका थिए । पछि पनि हुनेछन् यो कुनै नौलो कुरा रहेन’ भन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी राम्री स्त्रीमाथि राजा, देवेता, दानव, दैत्य सबै मोहित भएका थिए र पछि भविष्यमा पनि हुनेछन् त्यसैले यो पनि कुनै नौलो कुरा भएन तर ‘अर्काकी प्रेमिका त्यसमाथि अर्काकी गर्भवती स्त्री पत्नीका रुपमा न पहिला कसैले ल्याएका थिए । न पछि कसैले नै ल्याउनेछन्’ त्यसैले तिमीहरु तीनमध्ये कान्छो बाथः महामूर्ख हो भनी कोटवालले प्रमाणित गर्छन् । किंवदन्तीअनुसार जो पहिले सबैभन्दा निकै बाठो थियो, त्यो नै अन्तिममा सबभन्दा मूर्ख साबित हुने नृत्य वा नाटक र संवादमा मञ्चन गरिने समितिले जानकारी दिएको छ ।

यही कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखँ, दोस्रो दिन भक्त सुरदास प्याखँ र तेस्रो, चौथो र पाचाँै दिन तीनजना दाजुभाइको कथामा आधारित बाथ प्याखँ नाच वा संवाद मञ्चन भइसकेको छ । विगतका वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्लपूर्णिमासम्म देखाइने सो नाच यस वर्ष कात्तिक शुक्लपञ्चमीदेखि शुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो ।

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले अघि बढाएको सो नाच सत्रौँ शताब्दीमा शुरु भएको थियो । कात्तिकनाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ । नाचको माध्यमबाट समाजमा रहेका मानिसबीच जीवन उपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुतिलाई शिक्षा र चेतनामार्फत प्रदान गरिने जानकारहरुको भनाइ रहेको छ ।

उपत्यकाको तीनै शहरबाट साँझमा कात्तिक नाच हेर्ने थुप्रै मानिस पाटन भित्रिने गरेका छन् । पाटनमा कात्तिक नाच हेर्न आउने मानिसको ठूलो भीड लाग्ने गरेको छ । कातिक नाच अवधिभर गरिने नृत्य वा संवाद र नाटकमा खिँ, द्याः दमोखि, मृदङ्ग, जोर नगरा, ताः झ्याली र भुस्या बाजा बज्ने समितिले बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com