अमेरिकाको साउथ डकोटामा मृत्युदण्ड


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

वासिङ्टन, १९ कात्तिक (रासस-एएफपी) – अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ ।

अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीहरुले बताएका छन् ।

राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदूरको हत्या गरेको पुष्टी भएको थियो । उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए । राइन्सका वकीलहरुले भने समलिङ्गी भएकै कारण राइन्सलाई मृत्युदण्ड दिइएको दाबी गर्दै आएका थिए ।

तर साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौन विभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गर्नुभयो ।
––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com