प्रविधि पछ्याउँदै किसान


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

गलकोट नगरपालिका–७ मल्मका हेमबहादुर थापालाई यस वर्ष खेतमा गहुँ छर्न गोरु, हलि र खेताला खोज्नुपरेन । तीन हल गोरुको मेलो ‘मिनीटिलर’ अर्थात् यान्त्रिक हलोले तीन घण्टामै उम्काइदियो । रु दुई हजार तिरेपछि खेतको धान, पराल पनि ट्र्याक्टरले एकै खेपमा घर पु¥यायो ।
उहाँ झैँ मल्म र आँगाखेतका अधिकांश किसानले यसपाली धान र पराल बोक्न ट्र्याक्टर तथा खेत जोत्न यान्त्रिक हलो प्रयोग गरे । फाँटमा न गोरु देखिए न कतै दाइँ गरेको पाइयो । किसानले धान काट्न र झाँट्न भने खेताला लगाए अर्थात् परम्परागत सीप नै अपनाए । “पहिले दिनभर धान काटेर र झाँटेर रातारात परालको दाइँ पनि फालिन्थ्यो”, स्थानीयवासी बाबुराम थापाले भन्नुभयो, “अहिले त खेतमा गोरु देखिन नै छाडे, गाउँमा खेताला पाउन नै गाह्रो छ ।” रोपाइँदेखि, गहुँ, मकै, कोदोलगायत बाली लगाउँदा यान्त्रिक हलो नै प्रयोग हुन्छ । खेतबारी जोत्न आधुनिक प्रविधि भित्रिएपछि गोरु पाल्ने चलन हराउन थालेको छ । वर्ष दिनसम्म गोरु पाल्ने खर्च र दुःखभन्दा यान्त्रिक हलो सस्तो पर्ने उहाँको भनाइ थियो ।

आधुनिक प्रविधिले पम्परागतखेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समय पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् । गाउँघरमा खेताला पनि पाइन छाडेका बेला आधुनिक औजार तथा उपकरणले किसानलाई राहत मिलेको छ । यान्त्रिक हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा यस्ता हलो खरिद गरेर कृषिको यान्त्रीकरणमा टेवा पु¥याइरहेका छन् । स्थानीय सूर्य थापाले रु दुई लाख खर्चेर छ महिनाअघि ‘मिनिटिलर’ किन्नुभएकामा उहाँ अहिले यसकै काममा बेफुर्सदिलो हुनुहुन्छ । खेतमा गहुँ छर्न ‘मिनिटिलर’ को दैनिक माग आउन थालेको छ ।

“खेती लगाउने याममा त भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो, “एक घण्टा जोत्दा रु एक हजार आउँछ ।” एक हल गोरुले दिनभरमा जोत्ने खेत ‘मिनिटिलर’ले एक÷डेढघण्टामै जोत्ने गरेको छ । व्यावसायिक कृषि गर्ने यहाँका थुप्रै किसानले ‘मिनिटिलर’ खरीदमा सरकारी अनुदानसमेत पाएका छन् । गलकोट नगरपालिकाले गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ३९ ‘मिनिटिलर’ वितरण गरेको थियो । प्रदेश सरकारबाट प्राप्त रु ५६ लाख पनि आधुनिक प्रविधियुक्त कृषि र पशु ‘फार्म’मा खर्च गरेको थियो ।

“कृषिको यान्त्रिकीकरण विस्तारै बढ्दै छ, किसान पनि व्यावसायिक कृषितिर आकर्षित छन्”, नगरपालिकाको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले भन्नुभयो, “कृषि क्षेत्रलाई सीप र प्रविधियुक्त बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छौँ । ” यान्त्रिकीकरणले लागत घटाउने र उत्पादन बढाउने उहाँको भनाइ थियो ।पछिल्लो समय कृषिमा उन्नत प्रविधिको प्रयोग बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त केन्द्रले पनि कृषिमा सीप, क्षमता र प्रविधि हस्तान्तरण तथा विकासका कार्यक्रम चलाउँदै आएको छ । परम्परागत कृषि प्रणालीलाई सुधारेर कृषिलाई व्यावसायिक बनाउने व्यक्ति, समूह, सहकारीलाई अनुदानमा उपकरण प्रदान गर्ने गरिएको छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com