तीन दिनमा गुह्येश्वरी–गौरीघाट सफाइ


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

छठ पर्वमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी क्षेत्रमा फालिएको फोहर तीन दिनको निरन्तर प्रयासपछि सफाइ गरिएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । राजधानीमा गुह्येश्वरी क्षेत्रमा मात्र लाखौँ भक्तजन छठ मनाउन आउने गरेका छन् । यसवर्ष कात्तिक १४ देखि १७ गतेसम्म मनाइएको छठमा धुपका बट्टा, प्लाष्टिक, दूधका प्लाष्टिक, माटोका दियो, फलफूल र अन्य वनस्पतिजन्य वस्तु ज्याँदा भएको वाग्मती सुन्दरता सरोकारमञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

फालिएका सबै वस्तुलाई वर्गिकृत गर्दै जाँदा १० प्रतिशत बिक्री हुने फोहर फेला परेको थियो । बाँकी फलफूल, वनस्पतिजन्य, परालजस्ता चीजबीज गाईबाछाका आहारका रुपमा प्रयोग गरिएको उहाँले सुनाउनुभयो ।

माटोले बनेका दियो प्याला र हात्तीका आकृति अभियानकर्मीले व्यवस्थापन गरेका थिए । ८५ प्रतिशत फोहरमध्ये झण्डै ७० प्रतिशत कुहिने वस्तुलाई नदी किनारमा नै खाडल खनेर पुरिएको थियो । १५ प्रतिशत फोहर अन्तिम विसर्जनका लागि तयार गरिएको छ । सानो प्रयासले ठुलो फोहरको घेराबाट गुह्येश्वरी क्षेत्रलाई मुक्त गर्न सकिएको मञ्चले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मञ्चले यसवर्ष कुशेऔँसीका अवसरमा गोकर्णेश्वर मन्दिर परिसरमा जम्मा भएको फोहरलाई एक हप्ता निरन्तर सफाइ गरी वर्गीकरणसहित व्यवस्थित गरेको थियो । भाद्र शुक्ल अष्टमीमा कागेश्वरी मेलाबाट उत्सर्जित फोहरलाई दुई दिनको प्रयासमा व्यवस्थित गरिएको थियो ।

यसैगरी भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीमा गोठाटारस्थित नवतन धामको फोहर एक दिनमै वर्गिकरणसहित व्यवस्थित गरिएको थियो । गुह्येश्वरी क्षेत्रभन्दा माथिको वाग्मती सफाइले ३०० हप्ता पार गरिसकेको छ । मञ्चको नेतृत्वमा मुहानदेखिकै वाग्मती सफाइ गर्ने अभियान शुरु भएको थियो ।

माथिल्लो क्षेत्रको वाग्मती सफाइ गर्दै आएको मञ्चले विसं २०७० देखि यस क्षेत्रका सांस्कृतिक सम्पदा वरपरको नदी किनारमा सफाइ गर्दै आएको छ । यी सम्पदामा लाग्ने विशेष मेलापछि जम्मा हुने फोहर हप्तादिनसम्म सफाइ गरेर पनि अभियानकर्मीले व्यवस्थापन गर्दै आएका छन् । यस क्षेत्रका स्थानीय तहले भने सफाइमा ध्यान दिन नसकेको स्थानीयवासीको गुनासो छ । –––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com