सुनिल थापाले सलमान खानको फिल्म खेल्ने, मुखियाको भूमिका


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

चर्चित नेपाली कलाकार सुनिल थापाले सलमान खानले निर्माण गर्न लागेको चलचित्र क्वाथामा अभिनय गर्ने भएका छन् । जनवरीदेखि उक्त चलचित्रको छायांकनमा आफू व्यस्त रहने थापाले जानकारी दिएका छन् । यसअगाडि उनले बलिउड फिल्म मेरी कोममा अभिनेत्री प्रियंका चोपडाको गुरुका रोलमा अभिनय गरेका थिए ।

‘क्वाथा’ बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यु गर्न लागेको जनाइएको छ । आयुष शर्मा मुख्य भूमिकामा रहने यो फिल्ममा मणिपुर राज्यको वास्तविक कथा समेटिएको जनाइएको छ ।

सुनिल थापाले मुखियाको भूमिकामा अभिनय गर्ने र फिल्मको छायांकन थाइल्याण्डमा हुने जनाइएको छ । झन्डै ३ सय नेपाली फिल्म खेलेका सुनिल थापा सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट बलिउडमा प्रवेश गरेका थिए । त्यसपछि उनले तेलगु फिल्म ‘काश्मिर कादली’ मा अभिनय गरेका थिए । थापाले बलिउडको फिल्म ‘एक दुजेके लिए’ मा पनि अभिनय गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली फिल्म ‘साइनो’ मा अभिनयका लागि काठमाडौं आएदेखि थापा नेपाली फिल्म उद्योगमा नै जमेका छन् । थापाको पुर्ख्यौली घर भने पाल्पा हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com