‘डिप बोरिङ’ शिलान्यास
प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

असी बिघा क्षेत्रफलको खेतीयोग्य जमीनमा सिँचाइ गर्ने उद्देश्यले देवचुली नगरपालिका–११, धारापानीमा ‘डिप बोरिङ’निर्माण गरिने भएको छ । देवचुली नगरपालिकाको आर्थिक सहयोगमा खेतीयोग्य जमीनको सिँचाइका लागि ‘डिप बोरिङ’निर्माण गर्न लागिएको हो । नगरपालिकाको करीब रु ३३ लाखको सहयोगमा डिप बोरिङ निर्माण गर्न लागिएको देचवुली–११,का वडाध्यक्ष रमेश ठाडाले बताउनुभयो । ‘बोरिङ’को आइतबार शिलान्यास गरिएको छ ।
यसै आर्थिक वर्षभित्रमा काम सम्पन्न गरी वडाका खेतीयोग्य जमीनमा सिँचाइको व्यवस्था गरिने उहाँले बताउनुभयो । ‘डिप बोरिङ’निर्माणपश्चात् यस क्षेत्रमा सिँचाइका लागि थप सुविधा पुग्ने र यसले विभिन्न बालीको उत्पादन बढाउन सहयोग पु¥याउने वडाध्यक्ष ठाडाले बताउनुभयो ।
–––