नेपाल र नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्दै विश्वकै ठूलो न्युयोर्क म्याराथनमा दौडिए रोजन


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

न्युयोर्क म्याराथन पूरा गरिसकेपछि गोरखाका रोजन श्रेष्ठ ।

नेपाल र नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्दै विश्वकै ठूलो न्युयोर्क म्याराथनमा रोजन श्रेष्ठले दौड पूरा गरेका छन् । न्युयोर्क सिटीको स्टेटन आइल्याण्डबाट दौडन सुरु गरेका उनी ब्रुकलिन, क्वीन्स, ब्रोंक्स लगायतका स्थानहरुहुँदै म्यानहटनको सेन्ट्रल पार्कमा आएका थिए ।

विश्वका १२५ देशका सहभागीहरु दौडिएको उक्त म्याराथनमा श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० लेखिएको टिसर्ट लगाएर दौडिएका छन् । २६ दशमलव २ माइल लामो म्याराथन न्युयोर्कको सेन्ट्रल पार्कमा समापन भएको थियो ।

विश्वको सबैभन्दा ठूलो न्युयोर्क म्याराथन हरेक वर्ष नोभेम्बरको पहिलो आइतवार आयोजना गरिदै आएको छ । म्याराथनको १० लाखले भन्दा धेरैले प्रत्यक्ष अवलोकन गरेका छन् भने १० हजार स्वयमसेवकहरु खटिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूहरु न्युयोर्क म्याराथनमा दौडने नेपालीहरुको हौसला बढाउन स्थलमा समेत पुगेको र यसबाट नेपालको पर्यटन प्रवद्र्धनको दिशामा समेत सकारात्मक सन्देश गएको न्युयोर्कका लागि नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले बताए ।

रोजनले आफू अमेरिकाको कोलोराडोमा हुँदा तीनबर्ष अगाडिदेखि दौडन सुरु गरेका थिए । उनले एकमाइलबाट दौडन सुरु गरेका थिए भने हरेकपटकमा एक चौथाई माइल थप्दै आफ्नो गति बढाएका थिए ।

उनी फ्लोरिडा र शियाटलमा विभिन्न खालका अवरोधहरु पार गर्दै दौडनुपर्ने स्पार्टन रेसमा समेत सहभागी भइसकेका छन् । उनी हवाईमा तेश्रो स्पार्टन रेसका लागि समेत छनौट भएका थिए ।

धावक रोजन श्रेष्ठ र कार्यवाहक महावणिज्यदूत पुष्प भट्टराई ।

नेपालको गोरखामा जन्मिएका रोजनले आफ्नो जन्मस्थानको इतिहास नै दौडसँग सम्बन्धित भएको र दौडमा सहभागी हुँदा आफूलाई भित्रैदेखि आत्मसन्तुष्टी मिलेको बताएका छन् । गोरखाको लिगलिगकोटमा हरेक दशैंको टिकाको दिनमा दौडको आयोजना गरिने र जित्नेलाई राजा बनाइने गरेको इतिहास समेत रहेको छ ।

रोजन भन्छन् प्राय नेपालीहरु आफ्ना पुर्खाको बहादुरीप्रति गर्व गर्छन् । तर कुरा गरेरमात्र होइन पुर्खाको विराशतलाई व्यवहारमा समेत निरन्तरता दिनुपर्छ भन्ने भावना मभित्र छ । म नेपाली हुँ र त्यसमा पनि गोरखाली ।

आफू शाकाहारी रहेका रोजन शाकाहारी व्यक्तिसमेत खेलकुदमा सहभागी हुनसक्छन् भन्ने सन्देश समेत आफूले दिन चाहेको बताउँछन् । त्यस्तै हरेक युवाले आफ्नो क्षमताको सम्मान गरेर त्यसलाई शक्तिमा परिणत गर्नुपर्ने बताउँदै उनी भन्छन् – ‘तपाई आफूले गर्न नसक्ने चीज गर्नुहुन्न भने ठीकै छ । तर गर्न सक्ने चीज पनि गर्नुहुन्न भने त्यो अत्यन्तै गलत हो ।’

आफूले म्याराथनमा प्राय अन्य देशका नागरिकहरुमात्र दौडेको र नेपालीहरु कमैमात्र दौडेको देखेकाले आफूले न्युयोर्क म्याराथनमा दौडने निर्णय गरेको उनले बताएका छन् । केही पनि गर्न नसक्ने सोंच्नेहरुमाझ आफू उदाहरण बन्न चाहेको उनको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com