मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्न निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार बसेको बैठकपछि एक मन्त्रीले कोइराललाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।

करिब डेढ घण्टा चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बारे पनि जानकारी गराएका थिए । त्यसैगरी बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आउने बारेमा प्रधानमन्त्रीले मन्त्रीपरिषदलाई जानकारी गराएका थिए ।  प्रधानमन्त्री ओलीकाे धापासीस्थित ग्रान्डी अस्पतालमा डायलासिस भएपछि पहिलो मन्त्रीपरिषद बैठक बसेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com