राष्ट्रपति एवं उपराष्ट्रपतिद्वारा कमलपोखरीमा छठपूजा, पूर्वयुवराज्ञी हिमानी शाह पनि नागपोखरीमा


प्रकाशित मिति : कार्तिक १६, २०७६ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाताको पूजा आराधना गर्नुभयो ।

राष्ट्रपति भण्डारी कमलपोखरीस्थित छठ घाट निर्माण गरिएको स्थलमा पुग्नुहुँदा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, विभिन्न वडाका अध्यक्षहरु, कमलपोखरी छठ पूजा समाजका पदाधिकारीलगायतले स्वागत गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कमलपोखरीमा नौ वर्षअघिदेखि छठ पूजा आयोजना गर्न सहयोग गर्नुहुनेहरुलाई राष्ट्रपति भण्डारीले सम्मानसमेत गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै । तस्बिर : प्रदीपराज वन्त

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमलपोखरी पुगेर छठीमाताको पूजा आराधना गर्नु भई अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको आराधना गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त

 

 

यसैबीच पूर्वयुवराज्ञी हिमानी शाहले नागपोखरीमा निर्माण गरिएको छठ घाटमा पूजा आराधना गर्नुभई अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com