महबाट मनग्य आम्दानी


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थाल्नुभएका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल हुनुभएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल हुनुभएको हो । स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेर उहाँले त्यहाँ पनि सोचेजस्तो कमाइ नभएपछि गाउँ फर्किएर शुरु गरेको मौरीपालन व्यवसायबाट मौरी, मह, पोला र मौरीघार बिक्री गरेर वर्षमा रु १३÷१४ लाख आम्दानी गर्दै आउनुभएको छ ।

इराकमा सात, साउदीमा चार र भारतमा साढे दुई गरी झण्डै १४ वर्षको समय बिताएर फर्किनुभएका खत्री अहिले गाउँमै मौरीपालन व्यवसायमा रमाउनुभएको छ । खत्रीले विदेशबाट फर्किएको चारपाँच महिनाको अन्तरालमै शुरुमा तीन घारबाट मौरीपालन व्यवसाय शुरु गर्नुभएको थियो । खत्रीले अहिले ९२ वटा घारमा मौरीपालन गरेर मह उत्पादन भइरहेको बताउनुभयो ।

“मैले करिब १४ वर्ष विदेशमा बिताएँ, न राम्रो कमाइ गरेँ, न, शरीरले कहिल्यै सुख पायो”, आफ्नो विदेश बसाइँको तीतो अनुभव सुनाउँदै खत्रीले भन्नुभयो, “विदेश होइन, गर्न सक्ने हो भने हामीले आफ्नै गाउँघरमा मनग्य कमाउन सकिन्छ ।” मौरीपालन व्यवसायमा जिल्लाकै अगुवा कृषकसमेत बनेका खत्रीले गत वर्षको फागुन चैतमा मात्रै झण्डै तीन क्विन्टल मह उत्पादन भएको दाबी गर्नुभयो । उहाँले २५० केजीभन्दा बढी मह बिक्री गरेको जानकारी दिनुभयो । खत्रीले घरबाटै प्रतिकेजी रु एक हजार ५०० को दरमा मह बिक्री गर्दै आएको बताउनुभयो । मौरीसहितको घारलाई आठ हजार मूल्य पर्छ । । मौरीपालक कृषक खत्रीले हरेक वर्षको जेठ, कात्तिक र फागुन महिनामा मह काढ्ने गर्नुभएको छ । उहाँले एक मौसममा मात्रै रु चार पाँच लाख मह बिक्री गरेर कमाउनुहुन्छ । गाउँघरमा कात्तिक महिनाको मह राम्रो मान्ने गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएका कृषक खत्रीले मौसम अनुकूल र मौरीले राम्रोसँग मह उत्पादन गरेको खण्डमा वर्षमा रु १४ लाख मह बिक्री गरेरै आम्दानी हुने गरेको बताउनुभयो । उहाँले जिल्लाको भकिम्ली, राखु, पाँकु, कोत्राबाङ, पैयुँपाटालगायत ठाउँमा मौरीसहितका घार बेच्ने गरेको जानकारी दिनुभयो । उहाँले मौसमले साथ दिएमा र कुनै रोग किरा नलागेको खण्डमा महको उत्पादन बढ्ने हुँदा आम्दानी पनि राम्रै हुने गरेको बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com