सात वर्ष कतारमा विताएर ‘फूल’खेती, परिवार र अन्य तीनजनालाई समेत रोजगार


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायिकरुपमा सयपत्री फूलखेती गरेका हुन् । शुरुका केही वर्ष तिहारको लागि मात्र उहाँले फूलखेती गर्नुभएको थियो ।

अहिले पछिल्लो समयमा आएर व्यावसायिकरुपमा नै अगाडि बढेको उहाँको भनाइ छ । उहाँले जलजला पुष्पखेती फार्म दर्ता गरेर सयपत्रीको व्यावसायिक रुपमा खेती शुरु गर्नुभएको छ । अहिले १२ कट्टा जग्गा भाँडामा लिएर खेती गरेका उहाँले वार्षिक रु ४८ हजार भाँडा तिर्ने गरेको बताउनुभयो । आउँदो वर्ष १८ कट्टामा फूलखेती उहाँको भनाइ रहेको छ ।

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा विताएका रोकामगरले जिल्लामा दशैँतिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखे पछि फूलखेती गर्ने थालेको बताउनुभयो । “दाङमा व्यावसायिकरुपमा फूलखेती कतै थिएन, काठमाडौँतिर फूलखेती पनि व्यावसायिकरुपमा गरेको देखेको थिए अनि यहाँ मैले गरेको हुँ”, रोकाले भन्नुभयो । अहिले उहाँले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूलको बीउ ल्याएर व्यावसायिक खेती गर्नुभएको छ ।

घोराही बजार नजिकै फूलखेती गरे पछि आफूलाई बजारको लागि कुनै पनि समस्या नभएको रोकाले बताउनुभयो । “दैनिकजसो फूलको अडर आउने गरेको छ छ”, उत्पादन गरेको फूल कहाँ लिएर बिक्री गरौँ भन्ने समस्या छैन”, रोकाले भन्नुभयो । आफूले उत्पादन गरेको फूल जिल्लामा नै सकिने गरेको उहाँको भनाइ रहेको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङका शहरबाट समेत फूल लिन आउने गरेका छन् । “काठमाडौँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, रोकाले भन्नुभयो । मागअनुसार जिल्लामा फूल उत्पादन हुन नसकेको उहाँको भनाइ छ । अहिले उहाँले एक वटा मालालाई रु १०० मा बिक्री गर्ने गरेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले यस वर्षदेखि बाह्रै महीना फूल उत्पादन गर्ने बताउनुभयो ।
गत वर्ष उहाँले गरेको फूलखेतीबाट रु एक लाख नाफा गर्न सफल भएको बताउनुभयो । आफूसँगै परिवार तथा अन्य तीनजनालाई समेत रोजगार प्रदान गरेको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com