अमेरिकामा बस्दै आएका भारत्तोलक रुप कार्कीलाई आयरल्याण्डमा अन्तरराष्ट्रिय स्वर्ण पदक


प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार

अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रुप कार्कीले मास्टर टु २२० पाउण्ड तौल समूहमा आयरल्याण्ड सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । उनले एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आइपिएल प्रतियोगितामा मास्टर वान( Master 1)प्राप्त गरि सकेका थिए ।

गत अक्टोबर २४ देखि अक्टोबर २७ सम्म सम्पन्न भएको वर्ल्ड पावरलिफ्टिंग आईपिएल अन्तरराष्ट्रिय प्रतियोगितामा उनलाई स्वर्ण प्राप्त भएको हो । अक्टोबर २७ आइतबारका दिन आयरल्याण्डमा भएको प्रतियोगिता उनले प्रथम स्थान हासिल गर्दै नेपाल र नेपालीको नाम बिश्व सामू चिनाउन सफल भएका छन् ।

उनि गत अक्टोबर २५ शुक्रबारका दिन अमेरिकाबाट आएरल्याण्ड उडेका थिए । गत अक्टोबर २४ देखि नै सरु भएको वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा बिभिन्न राष्ट्रका बिभिन्न तौल समूहका खेलाडीहरु पुगेका थिए ।

गत अक्टोबर २४ का दिन आयरल्याण्ड उड्नु एक दिन अगाडि खेलाडी कार्कीको मनोवल उच्च राख्न ,हिम्मत र हौशला दिन भर्जिनियाका नेपाली समुदायले कार्यक्रमको आयोजना गर्दै उनलाई भब्य बिदाई गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आयरल्याण्ड जानु अघि नेपाल र नेपालीको नाम राख्न कडा मेहनत गर्ने र कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका थिए । गत जुलाई १३ ,२०१९ का दिन उनलाई युएसपिएलमा स्वर्ण पदक प्राप्त भएको थियो ।

युएसपिएलमा स्वर्ण पदक प्राप्त संगै आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा सहभागी हुन् ढोका खुलेको थियो । उनि उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे पछि पूर्व योग्यता (प्रिक्वालिफाईड )भएका थिए । स्मरण रहोस ,पूर्व योग्यता प्राप्त भए पछि मात्र आईपीएललको प्रतिस्प्रद्धामा प्रतियोगीको रुपमा जान पाइन्छ ।

कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि ) खेलाडी हुन् । अमेरिकामा नेपालीहरुको ईतिहासमा कार्की भारत्तोलनमा प्रवेश गरि अन्तरराष्ट्रिय सम्म पुग्ने पहिलो नेपाली मूलका भारत्तोलक हुन् ।

नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । उनले थुप्रै पदक प्राप्त गरि सकेका छन् भने कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् ।

यसै गरि उनका सुपुत्र रुपेश कार्की पनि भारत्तोलक हुन् । आफ्नो वर्गमा स्वर्ण पदक बिजेता समेत रहेका रुपेश बाबुको बिडो थाम्दै बाबुलाई यहाँ सम्म पुर्याउन अहम भूमिका निर्वाह गर्दै सहयोग र हौसला दिदै आई रहेका छन् ।

उनि कार्की संगै आयरल्याड पुगी बाबुलाई साथ र सहयोग गरि रहेका छन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com