जर्मनीमा इयु ब्लु कार्ड आवेदकको तलब ५५ हजार युरोभन्दा माथि हुनुपर्ने


प्रकाशित मिति : कार्तिक १०, २०७६ आईतबार

आगामी जनवरी १ देखि लागु हुनेगरी युरोपियन युनियनको ब्लु कार्ड आवेदकको बार्षिक तलब ५५ हजार २ सय युरोभन्दा माथि हुनुपर्ने भएको छ । जर्मनीमा कम उपलब्ध पेशाहरुको सन्दर्भमा भने ४३ हजार ५६ भन्दा माथि तलब हुने आवेदकहले पनि ब्लुक कार्ड आवेदन दिनसक्ने भएका छन् । यो बृद्धि गतबर्षको तुलनमा २ दशमलव ९ प्रतिशतले बढी हो ।

इयु ब्लुकार्ड अन्तरगत रोजगारी लिइरहेका विदेशी कामदारहरुका सन्दर्भमा भने नयाँ तलबमान लागु हुनेछैन । उनीहरुले जतिसुकै तलब लिइरहेको भएपनि ब्लु कार्डमा कुनै असर पर्नेछैन । त्यस्तै नविकरण गर्न चाहने विदेशी कामदारहरुलाई पनि नयाँ नियमले असर नगर्ने बताइएको छ । तर जनवरी १ वा त्यसपछि ब्लुकार्ड आवेदन दिने नयाँ आवेदकका सन्र्भमा भने तोकिए अनुशारको तलबमान हुनुपर्नेछ ।

सन् २०२० को जनवरी १ सम्म पेन्डिङ आवेदनको सन्दर्भमा भने नयाँ तलबमान लागु हुनेछ । युरोपियन युनियनभित्रका अरु देशले पनि ब्लुकार्डका लागि तलबमान बढाएका छन् । उनीहरुले जनवरीदेखि लागुहुनेगरी १ देखि ५ प्रतिशतसम्म तलबमान बढाएका छन् । तर जर्मनी सन् २०२० का लागि थ्रेसहोल्ड तोक्ने पहिलो देश हो ।

युरोपियन युनियनभित्रका देशले जारी गर्ने ब्लुकार्ड अमेरिकन ग्रिनकार्ड जस्तै हो । ग्रिनकार्ड स्थायी बसोबासको अनुमति हो भने ब्लुकार्ड अस्थायी बसोबासको अनुमति हो । यो कार्डबाट युरोपियन युनियन वा युरोपियन आर्थिक क्षेत्रभन्दा बाहिरका देशका नागरिकले युरोपमा बस्ने र काम गर्ने अनुमति प्राप्त गर्छन् ।

ब्लुकार्ड प्राप्त व्यक्तिले युरोपमा बृहत सामाजिक आर्थिक अधिकार प्राप्त गर्छन् । साथै त्यहाँको स्थायी बासिन्दा हुँदै नागरिकबन्नेसम्मको बाटो समेत खुल्नेगर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com