१५५०१ नेपाली विद्यार्थी अमेरिकामा, केन्द्र बन्यो टेक्सास, कुन राज्यमा कति ?


प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार

– किशोर पन्थी

अमेरिकामा अद्यावधिक विद्यार्थी भिसामा रहेका नेपालीहरुको संख्या १५ हजार ५ सय १ रहेको छ । अमेरिकी सरकारको पछिल्लो तथ्यांक अनुशार उनीहरु अहिले पनि स्टुडेण्ड एण्ड एक्सचेन्ज भिजिटर इन्फर्मेशन सिस्टम सेभिजमा अद्यावधिक रहेका छन् ।

कुल नेपाली विद्यार्थीहरुमध्ये १० हजार ८ सय १ जना पुरुष र ५ हजार ३ सय ८९ जना महिला रहेका छन् । त्यसमध्ये ३ हजार ९ सय ६१ जना मास्टर्स लेभलका विद्यार्थीहरु रहेका छन् भने ३ हजार १ सय ४५ जना एसोसियट लेभलका छन् ।

सबैभन्दा धेरै ५ हजार ८ सय ४१ जना ब्याचलर लेभलका नेपाली विद्यार्थीहरु रहेका छन् । पीचएडी विद्यार्थीहरु २४०२ जना रहेका छन् । ७५ जना नेपाली विद्यार्थीहरु भाषाकक्षामा भर्ना भएका छन् ।

१५ हजार ५ सय १ मध्ये अधिकांश अर्थात् ९ हजार ८ सय ३२ जना विद्यार्थीहरु स्टीम अर्थात साइन्स, टेक्नोलोजी, म्याथ र इन्जिनियरिङका विद्यार्थीहरु रहेका छन् । तीमध्ये २१४६ जना त पीएचडीका विद्यार्थीहरु हुन् । स्टीममा ४ हजार १३ जना नेपाली विद्यार्थीहरुले ब्याचलर र २७७२ ले मास्टर्स गरिरहेका छन् ।

नेपाली विद्यार्थीहरु सबैभन्दा धेरै टेक्सासमा ३५३७ जना अध्ययनरत रहेका छन् भने न्युयोर्कमा जम्मा ८६२ जनामात्र रहेका छन् । वासिंटनमा ११७, आइदायोमा २५५ जना, क्यालिफोर्नियामा ६१० जना, मिनेसोटामा ८३५ जना, ओहायोमा ६९० जना, मिसिगनमा २९७ जना र इलिनोयमा ३४७ जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

त्यतीमात्र नभएर अलास्का र हवाईमा नेपाली विद्यार्थीहरु अध्ययनरत रहेका छन् । अलास्कामा ५ जना र हवाईमा ३० जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको सेभिजको तथ्यांकले देखाएको छ ।

मासाचुसेट्समा ४८४ जना, भर्जिनियामा ४१३ जना र मेरिल्याण्डमा २६२ जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेका छन् । नेपाली विद्यार्थीहरु अमेरिकाका प्राय सबै राज्यहरुमा अध्ययनरत रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com