यस्तो बन्ने भयो चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला


प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर) सँगै तयार गरिएको रंगशालाको नक्सा । तस्बिर : नारायण अधिकारी

यस रङ्गशाला २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने छ। यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ। यसमा २५ हजार दर्शक अट्नेछन्। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्।

रङ्गशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ। जसमा एक सिंगे गैँडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन्। त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन्। क्रिकेट खेलाडीहरू उत्पादन गर्न एकेडेमी पनि रङ्गशाला रहनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com