एसाइलम आवेदकको डीएनए संकलनका लागि फेडेरल रजिस्टरमा सुचना, २१ दिन कमेन्ट अवधि


प्रकाशित मिति : कार्तिक ५, २०७६ मंगलबार

अमेरिकी सरकारले एसाइलम आवेदकहरुको डीएनए नमुना संकलन गर्ने योजना अनुरुप फेडेरल रजिस्टरमा सुचना प्रकाशित गरेको छ । डिपार्टमेन्ट अफ जस्टिसका तर्फबाट प्रस्तावित नियम अनुशार अध्यागमन अधिकारीहरुले हिराशतमा लिएका एसाइलम आवेदक र अन्य आप्रवासीहरुका डीएनएका नमुना संकलन गरी एफबीआईको डाटावेशमा समावेश गर्ने भएका छन् ।

प्रस्तवित नियमले अमेरिकाको मेक्सिकोसँगको सिमाक्षेत्रबाट प्रवेश गर्ने र अध्यागमन अधिकारीहरुले अस्थायी रुपमा नियन्त्रणमा लिने हरेकको डीएनए नमुना संकलनका लागि बाटो खोल्नेछ । उक्त प्रस्तावित नियममा नोभेम्बर १२ सम्मका लागि कमेन्ट अवधि तोकिएको छ । त्यतीन्जेलसम्मका लागि लिखित र विद्युतीय कमेन्टहरु पठाउन सकिने जनाइएको छ ।

उक्त नियम ग्रिनकार्डवाहक र कानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरुका सन्दर्भमा भने लागु हुनेछैन । त्यस्तै १४ बर्ष भन्दा कम उमेरका बालबालिकाको सन्र्दभमा पनि उक्त नियम लागु नहुने जनाइएको छ ।

अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले दुईसाता अगाडि डीएनए संकलनबारे वृहत रुपरेखा सिमाक्षेत्रका अधिकारीहरुलाई प्रदान गरेको थियो । नागरिक अधिकारकर्मीहरुले भने आप्रवासीका यस्ता विवरणहरु दुरुपयोग हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com