अब कतारमा आप्रवासी कामदारले सहजै रोजगारदाता फेर्न पाउने,यस्तो बन्यो कानुन


प्रकाशित मिति : आश्विन ३०, २०७६ बिहीबार

कतारको सरकारले आप्रवासी कामदार मैत्री नयाँ कानुन अनुमोदन गरेको छ। नयाँ कानुनी व्यवस्था अनुसार कामदारले रोजगारदाता सहजै परिवर्तन गर्न सक्नेछन्। यससँगै कतारले आप्रवासी कामदारका लागि प्रचलित काफला प्रणालीको अन्त्य भएको र त्यहाँको श्रम बजारमा व्यापाक सुधार भएको घोषणा गरेको छ। कतारमा झण्डै पाँच लाख नेपाली कार्यरत छन्।

यसअघि कामदारले रोजगारदाता परिवर्तन गर्न कार्यरत रोजगारदाताबाट नो अब्जेक्सन सर्टीफिकेट लिन आवश्यक पथ्र्यो। यो कानुनसँगै मन्त्रीस्तरीय आदेशबाट कामदार बर्हिगमन आदेश सम्बन्धि सबै व्यवस्था खारेज भएका छन्। यद्यपि सैनिकको हकमा भने यो व्यवस्था लागू हुँदैन।

त्यस्तै कतारको सरकारले न्यूनतम ज्यालाको विभेद अन्त्य गर्न नयाँ कानुन अनुमोदन गरेको छ। न्यूनतम ज्यालामा गैर-विभेदकारी व्यवस्था लागू गर्ने कतार मध्यपूर्वमा पहिलो हो।

कतार सरकारको यो कदमलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा कामदार आपूर्ति गर्ने देशहरुले स्वागत गरेका छन्। उनीहरुले कतारको यो कदमलाई रुपान्तरणकारी भनेका छन्। आईएलओका महानिर्देशक गाइ राइडरले आप्रवासी कामदारको अधिकारलाई समर्थन गरेको भन्दै यसले उत्पादकत्व विस्तार तथा कुशलता अभिवृद्धि हुने बताएका छन्। कतारले सामाजिक न्याय सहितको सभ्य कामलाई प्रवद्र्धन गरेको उनको भनाई छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com