प्रदेश लोकसेवा आयोगको सदस्यमा गौतम र पोखरेल नियुक्त


प्रकाशित मिति : आश्विन ३०, २०७६ बिहीबार

प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त हुनुभएको छ ।

प्रदेश लोकसेवा ऐनअनुसार मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा बनेकोे सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख उमाकान्त झाले आज आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गर्नुभएको हो ।

गुल्मीको दरबार गाउँपालिका– २ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ– १ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com