नेपाल-बेलायत संयुक्त सैन्य अभ्यासमा नेपालको उत्कृष्ट प्रदर्शन, स्वर्ण पदक नेपाली सेनालाई


प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार

३४ देश सहभागी संयुक्त सैन्य अभ्यास क्याब्रिन प्याट्रोल–२०१९ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । बेलायतमा भएको सो संयुक्त सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट भएको हो । अभ्यासमा बेलायतको १ सय ६ सहित ३४ देशका १ सय ४० सैन्य टोली सहभागी भएका थिए । नेपालका तर्फबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा विशेष फौज बाहिनी, श्रीपशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका दश जना सेना सहभागी थिए । उनीहरु असोज ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले असोज २४ गतेबाट वेल्स ब्रेकनमा अभ्यास भएको जानकारी दिनुभयो । प्रवक्ता पाण्डेका अनुसार यो अभ्यासमा युद्धकालिन विशेष परिस्थितिको कल्पना गरेर शत्रुपक्षको गतिविधि समेत समेटिएको थियो । यस्ता विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन गरिने सैनिक मूख्यालयले जनाएको छ ।

कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्ने प्रावधान रहन्छ । सेनाले यो अभ्यासमा सन् २०१४ बाट भाग लिँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com