तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष उम्मेदवारमा शान्त थोकर


प्रकाशित मिति : श्रावण २८, २०७३ शुक्रबार

प्रशान एलुङ राई

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्तबाबु थोकरले उम्मेदवारी दिने घोषणा गरेकाछन् । थोकरले न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त जानकारी गराएका हुन् ।

सोसाईटीको आठौं अधिवेसन आगामी अगस्ट महिनाको २८ तारिख न्युयोर्कमा सम्पन्न हुँदैछ ।

दुई बर्षे कार्यकालको लागि अमेरिकामा रहेका समग्र तामाङ समुदायको बृहत्तर हकहितको लागि काम गर्ने उद्देश्यसँगै सोसाईटीको नेतृत्वमा आफ्नो उम्मेदवारी रहने थोकरले पत्रकार भेटघाट कार्यक्रममा बताए । यस अघि थोकरले सन् २००८ देखि २०१० मा संस्थाका तात्कालिन अध्यक्ष इन्द्र बहादुर तामाङको अध्यक्षकालमा महासचिव भएर कार्य सम्पादन गरिसकेकाछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको दोलखा जिल्लामा जन्मिएका शान्तबाबु थोकर नेपाल रहदा सोतोकन कराँतेसँग आवद्ध खेलाडी एवं प्रशिक्षक हुन । सन् २००७ मा अमेरिका आएसँगै बिभिन्न सामाजिक कार्यमा संलग्न थोकरले सन् २००७ सालदेखि नै ईन्टरनेश्नल मार्सल आर्टस एसोसियसन अन्तर्गत डोजो संचालन गर्दै आएकाछन् । उक्त डोजोका उनी संचालक एवं मुख्य प्रशिक्षक हुन । त्यसो त उनी अमेरिकामा बिभिन्न खेलसँग आबद्ध खेलाडीहरुको संलग्नतामा स्थापित युसनेपाल स्पोर्ट्स एण्ड कल्चर डेभ्लभ्मेन्ट ईन्कको संस्थापक महासचिव समेत हुन ।
पत्रकार भेटघाट कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकारहरुले थोकरको उम्मेदवारीमा शुभकामना व्यक्त गरे । यसरी शुभकामना मन्तव्य दिनेहरुमा सुबास लामा स्याङ्बो, राम तामाङ, भरत मोक्तान तामाङ, बंशलाल मोक्तान र सुर्य पाख्रिन तामाङ लगायत रहेका थिए ।

अधिवेसन मिति नजिकदै गर्दा नेतृत्वको लागि थोकरसँगै अन्यको पनि उम्मेदवारी आउने समुदायका एक सहभागीले प्रेस चौतारी डटकमलाई बताए । उम्मेदवारी अन्यको पनि आउने र नेतृत्वको लागि निर्वाचन निश्चित हुने उनको जिकिर थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com