चिनियाँ ऋणको पासोमा धेरै देश परेका छन :रवीन्द्र मिश्र


प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चिनियाँ राष्ट्रपतिको भ्रमणका सन्दर्भमा आठ सुझाब दिएका छन् । उनले चिनियाँ ऋणको पासोमा धेरै देश परेको भन्दै त्यस्तो पासोबाट बच्न सावधान रहन सुझाब दिएका छन् । मिश्रले सुझाबको छैटौँ बुँदामा भनेका छन्, ‘चिनियाँ सहयोगका कारण कैयौँ देश ऋणको पासोमा परेका समाचार आउने गरेका छन् । ती पुराना अनुभवबाट हामी सावधान हुन सक्छौँ । यसमा ख्याल गरौँ ।’

मिश्रले बढी उत्साहित भएर विगतका केही घटनामा जस्तो झ्वाम्लांग अँगालो हाल्ने या प्रोटोकलको ख्याल नगर्ने काम नगर्न पनि सुझाएका छन् । त्यस्तै, बढी आशावादी भएर आफ्नो वैदेशिक नीतिमा समनिकटताको दीर्घकालीन महत्व र अत्यावश्यकतालाई नबिर्सन पनि सुझाएका छन् ।

स्वागतका लागि रातारात काठमाडौंको मुहार फेरिएको देखेर नेपालस्थित विदेशी अधिकारीहरू मनमनै मुस्काइरहेको हुनुपर्ने भन्दै उनले दुई हप्तामा फेर्न सकिने मुहार गत दुई वर्षमा फेर्न कोसिस गरेको भए सहरको सौन्दर्य दिगो हुने उल्लेख गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com