Follow @khasokhasmag

डढेलोको कारण क्यालिफोर्निया दशौ हजार व्यक्ति विस्थापित


प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार

२५ असोज ( रासस -एएफपी) दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन् ।

दर्जनौं संरचना र घरहरू ध्वस्त पारेको यस डढेलो निभाउन केही दिन लाग्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ ।

शुक्रबार साँझसम्म शक्तिशाली यस डढेलोबाट ३ हजार ५२ हेक्टर क्षेत्रसम्म फैलिएको बताइएको छ । यस डढेलोबाट कम्तीमा ३१ संरचनाहरु ध्वस्त भएको बताइएको छ ।

यस आगलागीमा ५० बर्षीय एक व्यक्तिको हृदयघातबाट मृत्यु् भएको आगलागी नियन्त्रणका एक अधिकारीले जानकारी दिएका छन् ।

यस डढेलोबाट कोही व्यक्ति घाइते भएका तत्काल समाचार प्राप्त भएको छैन् । तर अधिकारीहरूले त्यस क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका छन् ।
–––

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com