अण्डाको परिकारको प्रदर्शन


प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार

ः चितवनमा २४ औँ विश्व अण्डा दिवस मनाइएको छ । पहिलोपटक औपचारिक रुपमा यो दिवस चितवनको रत्ननगरमा मनाइएको हो । दिवसका अवसरमा कुखुरा व्यवसायी सङ्घ पूर्वी चितवनले आज अण्डाको परिकारको प्रदर्शन गर्नुका साथै अण्डा उपभोगसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । व्यवसायीले अण्डाका १५ प्रकारका परिकार बनाएर प्रदर्शन गरेका थिए । अण्डाको परिकारबारे धेरैलाई जानकारी नहुँदा यसको खपत बढ्न सकेको छैन ।

कार्यक्रममा प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कुखुरा व्यवसायीलाई आवश्यकपर्ने दानाको कच्चा पदार्थ उत्पादनका लागि सामूहिक कृषि खेती आवश्यक रहेको बताउनुभयो । उहाँले कुखुरा व्यवसायीलाई नै कच्चा पदार्थको खेती गर्न आग्रह गर्दै प्रदेश सरकारले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विज्ञहरुले अण्डाको महत्व र यसको उपयोगिताको बारेमा प्रकाश पार्नुभएको थियो ।

यस्तै सोही दिवसकै अवसरमा सङ्घले रत्ननगर बकुलहर अस्पतालमा रहेका बिरामीलाई अण्डा वितरणसमेत गरेको सङ्घका अध्यक्ष भीमनारायण श्रेष्ठले बताउनुभयो ।

चितवनमा हाल दैनिक १२ लाख अण्डा उत्पादन हुने गरेको छ भने देशभर दैनिक २६ लाख अण्डा उत्पादन हुने गरेको छ । विगत चार वर्षदेखि नेपाल अण्डामा समेत आत्मनिर्भर बनेको छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com