अष्ट्रेलिया निवासी सञ्चारकर्मी चिरञ्जीवी देवकोटा नेपाली पर्यटनदूत


प्रकाशित मिति : श्रावण २८, २०७३ शुक्रबार

अष्ट्रेलियाको भिक्टोरिया निवासी सञ्चारकर्मी चिरञ्जीवी देवकोटालाई नेपाल पर्यटन बोर्डले मानार्थ पर्यटनदूत नियुक्त गरेको छ । पर्यटन बोर्डले अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक पर्यटनदूतको रुपमा देवकोटालाई आगामी दुई वर्षका लागि नियुक्त गरेको हो । पर्यटनका गतिविधिलाई अझ बढाउन नेपाल सरकार पर्यटन बोर्डले विभिन्न शहरहरुका लागि पर्यटनदूत नियुक्त गर्नेक्रममा भिक्टोरिया राज्यका लागि देवकोटालाई नियुक्त गरेको हो ।

उहाँले क्यानबेरामा रहेको नेपाली दूतावास र अन्य सरकारी निकायहरुसँगको समन्वयमा पर्यटन सम्बन्धी गतिविधि प्रबद्र्धन गर्नका लागि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै, नेपाल पर्यटन बोर्डको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रमहरुमा सहभागी हुने, अष्ट्रेलियामा पर्यटनसँग सम्बन्धित निकायहरुसँग समन्वय गरी नेपालमा पर्यटकको संख्या बृद्धिका लागि योगदान दिने पनि उहाँको दायित्व रहनेछ । सञ्चारकर्मी देवकोटाले पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ । उहाँ नेपालमा पछिल्लो पटक न्यूज २४ टेलिभिजनको समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

टेलिभिजन एडिटर्स गिल्डका महासचिव समेत रहनुभएका देवकोटा हाल अष्ट्रेलियाबाट प्रसारित हुने नेपाली भाषाको टेलिभिजन एमएनटीभीको प्रधान सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ । ईमेज च्यानल, नेपाल वन टेलिभिजन, सगरमाथा टेलिभिजनमा समेत गरी एक दशकभन्दा बढी टेलिभिजन पत्रकारिता गर्नुभएका देवकोटालाई यसअघि थाईल्याण्डमा आयोजित एक कार्यक्रममा वल्र्ड पिस फाउन्डेशनले वल्र्ड पिस एम्बेसडरको रुपमा सम्मान गरेको थियो ।

नियुक्तिपछि देवकोटाले भन्नुभयो, “नेपाल भगवान गौतम बुद्धको जन्मथलो हो, सर्वोच्च शिखर सगरमाथाको देश हो । पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि ठूलो संख्यामा नेपालीहरु अष्ट्रेलिया आएका छन् । उनीहरु विभिन्न ठाउँमा काम गर्दछन् । यहाँको स्थानीय समूदायसँग नेपालीको घुलमिलले अष्ट्रेलियनहरुमा नेपालप्रति चासो बढेको छ । अष्ट्रेलियनहरु घुम्न रुचाउँछन् । वर्षेनी पर्यटकका रुपमा विभिन्न देश गइरहन्छन् । नेपालको प्रचार, पर्यटकीय क्षेत्रहरुको जानकारी दिँदै नेपालतर्फ उनीहरुलाई आकर्षित गर्न सकेमा पक्कै पनि यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेछ । यसैतर्फ लाग्ने मेरो प्रयास रहनेछ । विदेशमा रहेका हामी सबै नेपाली नेपालका दूत नै हौं । तर, यो निर्णयबाट थप जिम्मेवारीबोध भएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल अष्ट्रेलियाबीच सन् १९६० मा दौंत्य सम्बन्ध स्थापित भएको थियो । नेपालमा वर्षेनी २२ हजारभन्दा बढी अष्ट्रेलियन पर्यटकहरु घुम्न आउने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com